घनश्याम भुसाल पराजित

घनश्याम भुसाल पराजित

काठमाडौँ  ।  चुनावको मुखमा नेकपा एमाले परित्याग गरेर रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल पराजित भएका छन् । 
सत्ता गठबन्धनको समर्थन पाए पनि भुसाल एमाले सचिव छविलाल विश्वकर्मासँग पराजित भएका हुन् । भुसाल विश्वकर्मासँग ३ हजार ५ सय ६४ मतले पछि परे ।

मुख्य निर्वाचन अधिकृत श्याम श्रेष्ठका अनुसार विश्वकर्माले २४ हजार ८७२ मत ल्याएका छन् । सत्ता गठबन्धनको समर्थनमा उठेका भुसालले २१ हजार ३०८ मत पाएका छन् । भुसाल एमाले स्थायी कमिटी सदस्य थिए । उनी पार्टीमा रहँदा अध्यक्ष केपी शर्मा ओलीको आलोचकका रुपमा रहेका थिए ।

चुनावको समयमा पार्टीभित्र असन्तुष्टि चुलिएपछि एमाले परित्याग गरेका थिए । उनी २०७४ सालको निर्वाचनमा रुपन्देही(३ बाट निर्वाचित भएका थिए ।