रङ्गशाला निर्माणको सहयोगार्थ दुबइमा ‘धुर्मुस सुन्तली साँझ’ हुने

रङ्गशाला निर्माणको सहयोगार्थ दुबइमा ‘धुर्मुस सुन्तली साँझ’ हुने

काठमाण्डाै : धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ दुबइमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ ।

दुबइमा रहेकाे सम्पूर्ण संघसंस्थाहरुको आयोजनामा चितवन समाजको संयोजनमा यही अप्रिल २६ तारिखका दिन कार्यक्रम हुने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) ले जानकारी दिनुभयाे । 

ग्राण्ड एक्सेलसियर होटल, बर दुबइमा आउँदो अप्रिल २६ मा हुने कार्यक्रममा धुर्मुस सुन्तलीसहित अन्य चर्चित कलाकारहरुको समेत उपस्थिति रहने छ । धुर्मुसले सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यक्रम हुने जानकारी दिँदै दुबइमा रहेका नेपालीहरुलाई उपस्थितिका लागि अनुरोध समेत गरेका छन् ।