काठमाडौं ५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

काठमाडौं ५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । औपचारिक मत परिणाम केहीबेरमा सार्वजनिक हुनेछ ।