दार्चुलामा केही समयका लागी मतगणना रोकियो

दार्चुलामा केही समयका लागी मतगणना रोकियो

धनगढी । दार्चुलामा केही समयका लागी मतगणना रोकिएको छ ।

अहिले गणकहरूको खाना खाना खाने समय भएकाले मत गणना रोकिएको हो । ९ स्थानीय तह रहेको दार्चुलामा ब्यास र अपि हिमाल गाउँपालिकाको मात्रै मतगणना सकिएको छ । भने ८९१५४ मतदाता रहेको दार्चुलामा ५८०५८ मत खसेको थियो ।

यहाँ अहिले सम्मको प्रतिनिधि सभा तर्फ ८८३१ गणना हुँदा दिलेन्द्र प्रसाद बडू (रुख) ४५१६, गणेश सिंह ठगुन्ना (सूर्य) ४०७४, नरेन्द्र सिंह धामी (हलो) ५४, विश्वराम दुवाल (मादल) ले १३ मत प्राप्त गरेका छन् । 

यस्तै, तारादत्त जोशी (ढकिया) ६, देव बहादुर बम (तिर) ०, रमेश राम लुहार (खुकुरी) ४ र धर्म सिंह दयाली (लाटोकोसेरो) ले १ मत प्राप्त गरेका छन् ।