नयाँ वर्ष स्वागत गर्न भिटेन धनगढी आउँदै

नयाँ वर्ष स्वागत गर्न भिटेन धनगढी आउँदै

धनगढी : नयाँ वर्षको स्वागतार्थ धनगढीमा युवा पुस्ताका चर्चित ¥यापर भिटेन आउने भएका छन् । नयाँ वर्षको अवसर पारेर ड्रिम वर्कस् मोडलिङ एण्ड इभेन्टको आयोजनामा धनगढीमा हुने वृहत सांस्कृतिक कार्यक्रममा सहभागी हुन भिटेन धनगढी आउने भएका हुन् ।  

धनगढीको भीम दशरथ पार्कमा वैशाख १३ गते शुक्रबारका दिन बेलुकी ४ बजेदेखि राति ९ बजेसम्म वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । सोही कार्यक्रममा प्रमुख आकर्षकका रुपमा ¥यापर भिटेन आउने भएका हुन् ।

बुधबार धनगढीमा आयोजकले गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक मनोज जेठराले नयाँ वर्षको सुरुवातलाई स्वागत गर्दै आफूहरुले वैशाख १३ गतेका दिन वृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न थालेको बताए । उनले भने,‘सो कार्यक्रममा चर्चित ¥यापर भिटेनसँगै युवा गायक तथा मोडेल बोक्टानी किङ, मन श्रेष्ठ, डिजे डेकिङ र डिजे नेहाको प्रस्तुति रहने छ ।’  

भिटेनलाई धनगढीमा पहिलोपटक निम्त्याइएको बताउँदै उनले भने,‘युवा पुस्तामाझ लोकप्रिय बनेका चर्चित ¥यापर भिटेनलाई हामीले यो कार्यक्रममार्फत् पहिलोपटक धनगढीमा निम्त्याएका हौँ ।’ कार्यक्रममा प्रवेश शुल्कबापत तीन सय ५० रुपैयाँ राखिएको बताउँदै आयोजकले भन्यो,‘हामीले आम्दानीको दस प्रतिशत रकम सामाजिक कार्यबापत धनगढीको अनाथाआश्रमलाई र थप दस प्रतिशत रकम धनगढीस्थित धनगढी कराँते एकेडेमीलाई सहयोग गर्नेछौँ ।’