सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा प्रदेश लोकमार्ग विधेयक २०७५ माथि बिषयगत समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गरिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका तर्फबाट पेश भएको विधेयक दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृति स्रोत समितिमा पठाइएको थियो ।
समितिमा दफावार छलफल पछि केही दफाहरुमा संशोधन गर्दै समितिका तर्फबाट तयार गरिएको प्रतिवेदन आज प्रदेश सभा बैठकमा प्रस्तुत भएको हो ।
प्रतिवेदन प्रस्तुत गर्दै अर्थ विकाास तथाा प्राकृति स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले बिशेष उद्देश्यका लागि बनाइएको सडकमा राखिएको माल बस्तुले सडक आवागमनमा अवरोध पु¥याएमा त्यस्तो मालबस्तु हटाउने अधिकार सम्बन्धित मन्त्रालय र मातहतका निकायमा हुने र हटाउन आदेश जारी गर्न सक्ने गरी ब्यवस्था विधेयकमा गरिएको बताउनुभयो ।
यस्तै प्रदेश सभाको आजको बैठकमा सभामुखले बैठक शुरु गर्नासाथ समय लिएर बोल्दै प्रदेश सासंद दुर्गा कुमारी कामीले यसै महिना दुई पटक आएको असिनापानी र चट्याङका कारण आफ्नो गृह जिल्ला अछाममा एक जनाको मृत्यु भएको र केही मान्छे घाइते हुनुका साथै बालीमा पनि क्षति पुगेकोले सरकारले राहत उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । प्रदेश सभाको आजको बैठकमा प्रदेश लोकमार्ग विधेयकमाथिको प्रतिवेदन मात्रै प्रस्तुत भएको थियो ।