अछाममा स्वास्थ्य शिविर, चार हजारजनाले लिए सेवा

अछाममा स्वास्थ्य शिविर, चार हजारजनाले लिए सेवा

अछामको तुर्माखाँद गाउँपालिका र कमल बजार नगरपालिकामा पाँच दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

तुर्माखाँद गाउँपालिका र कमल बजार नगरपालिकाको सहकार्यमा बिम अफ होपले शिविरको आयोजना गरेको हो । शिविरमा झन्डै ४ हजार जनाले स्वास्थ्य जाँच गराका छन् ।

तुर्माखाँदमा आयोजित शिविरमा दाँत, स्त्री तथा प्रसुति रोग, छाला रोग, आँखाको उपचार लगायतको सेवा विशेषज्ञ चिकित्सकहरुले गरेका थिए ।

शिविरमा निःशुल्क औषधि वितरण, निःशुल्क ल्याव सेवा, युएसजी, दाँतको शल्यक्रिया सहितको उपचार गरिएको थियो । वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सवाना प्रधान शर्माको नेतृत्वमा डा। सन्तोष पण्डित, डा. कमल प्रसाद साउद, डा. शिव अर्याल, डा. शैलेश पौडेल, डा. अद्वेत मरहट्ठा, डा. अमृत भट्टराई, डा. निष्ठुक बराल लगायतले शिविरमा सेवा प्रदान गरेका थिए ।

बीम अफ होपका अध्यक्ष डा.सन्तोष उपाध्यायको संयोजकत्वमा अछामका विकट क्षेत्रमा स्वास्थ्य सेवाबाट वञ्चितलाई सहज उपचार होस भनेर शिविरको आयोजना गरिएको हो ।