कम्बोडियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

कम्बोडियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

कम्बोडियाका प्रधानमन्त्री हुन सेनले आफूलाई कोभिड पोजेटिभ भएको बताएका छन् । नोम पेन्हमा भएको शिखर सम्मेलनका क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत एक दर्जनभन्दा बढी विश्व नेतासँग भेट गरेका थिए । त्यस लगत्तै परीक्षण गर्दा पोजेटिभ देखिएको उनले बताएका छन् ।

एसिमा नै सबैभन्दा बढी लामो समय शासन गर्ने नेताको रुपमा पहिचान बनाएका प्रधानमन्त्री  हुन सेनले आफूलाई कुनै लक्षण नदेखिएको बताएका छन् ।

हुन सेनले आइतवार सम्पन्न एसोसिएसन अफ साउथइस्ट एसियाली नेसन्सको शिखर सम्मेलनमा आठ दक्षिणपूर्वी एसियाली देशका साथै संयुक्त राज्य अमेरिका, चीन, जापान, अष्ट्रेलिया र क्यानडाका नेताहरूसँग भेटघाट गरेका थिए ।