धनगढीमा काग्रेंस संयोजक सहित २५ जना एमाले प्रवेश

धनगढीमा काग्रेंस संयोजक सहित २५ जना एमाले प्रवेश

धनगढीमा नेपाली काग्रेंसका टोल कमिटि संयोजक सहित २५ जना नेता कार्यक्रताहरु नेकपा एमालेमा प्रवेश भएका छन् । 

नेपाली काग्रेंस धनगढी उप महानगरपालिका वडा नम्बर १ का टोल संयोजक जोगी पार्की सहित २५ जना कार्यक्रताहरुले नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

आज एक कार्यक्रमका बिच नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा कैलाली ५ बाट प्रतिनिधीसभा सदस्यका उमेदवार नारदमुनी राना र एमाले कैलालीका कार्यबाहक अध्यक्ष तथा कैलाली ५ ख बाट प्रदेशसभा सदस्यका उमेदवार दुर्गा प्रसाद जोशीले संयुक्त रुपमा टिका लगाएर एमालेमा प्रवेश गराएका हुन् । 

एमाले प्रवेश गर्दै संयोजक पार्कीले देश र जनताको पार्टी एमालेनै भएका कारण यो पार्टी रोजेको बताए ।

नेपाली काग्रेंस अहिले गठबन्धनका नेताहरुको चगुंलमा फसेर देशको अखण्डता बिपरित काम गरिरहेको बताउँदै पार्कीले देशको एक मात्रै पार्टी एमाले राष्टबादी पार्टी भएका कारण आफु सहितका कार्यक्रताको रोजाई बनेको बताए । एमालेलेनै देशमा बिकास र सम्बृद्धी ल्याउन सक्ने बताउँदै उनले सबै निम्न तथा मध्यम बर्गले एमालेमै जोडिनुपर्नेमा जोड दिए ।

-यस अघि वडा नं. १ हुनुपर्नेमा ३ भएकाले सच्याइएको छ । समाचार संयोजक