प्युठानमा जिप दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

प्युठानमा जिप दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

प्युठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गए राति भएको दुर्घघटनामा अन्य १२ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा प्युठान नगरपालिका–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्ती रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप प्युठान नगरपालिका–५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिए । 

दुर्घटनामा प्युठान नगरपालिका–५ की ५० वर्षीया फागुनी खत्री, ५० वर्षीय गोरी घर्ती, १९ वर्षीय बिरिकुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीय निमा खत्री, ३० वर्षीय जुठी महरा, १८ वर्षीय कुमारी महरा, ४१ वर्षीय नखी महरा, ४७ वर्षीय गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय राम रोका घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको बिजुवार अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते ६ जनालाई बुटवल रिफर गरिएको छ ।