कोदालो प्रहार गरी सासुको हत्या

कोदालो प्रहार गरी सासुको हत्या

कञ्चनपुरको लालझाडी गाउँपालिकामा एक युवकले दाइकी सासुको हत्या गरेका छन् । आपसी विवादको विषयलाई लिएर कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । 

लालझाडी गाउँपालिका १ बिनावारीका २५ वर्षीय निरज रानाले सासु पर्ने वर्ष ५० की बासमति रानाको कोदालो प्रहार गरी हत्या गरेका हुन् ।

दाजुकी सासुको आपसी विवादमा हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए । हत्या गर्ने निरज रानालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ । जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।