कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका –६ को नवलपुरस्थित भित्रि सडकखण्डमा दुर्घटना हुँदा एकजनाको प्रहरीले जनाएको छ । 


ना २ ख १३८१ नम्बरको ट्रकले बा ८६ प ३४८७ को मोटरसाइकललाई ठक्कर दिदा चालकको भजनी नगरपालिका–६ बस्ने २१ वर्षीय अविशेक चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

यस्तै मोटरसाइकल पछाडि सवार बर्ष २१ का धिरेन्द्र चौधरी समान्य घाइते भएका छन् ।
ट्रक र चालक धनगढी ८ घर भएका ३४ बर्षीय सनम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए ।