धनगढी बजारको मुख्य सडक फराकिलो बनाउनको लागि पाँचौँ दिन पनि बिहानै देखी संरचना हटाउने कार्य जारी रहेको छ ।
धनगढी उप-महानगरपालिकाले मुख्य सडकको १५/१५ मिटर दायाँ बायाँ पर्ने भौतिक संरचना हटाउन लागेको हो ।
नगरपालिकाले आज बिहानैदेखि जर प्रयोग गरेर संरचना भत्काइ रहेको हो ।
उपमहानगरपालिकाले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडकलाई केन्द्रले दायाँबायाँ १५/१५ मिटर फराकिलो बनाउन लक्ष्य लिएको छ ।