लोकन्थलीमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

लोकन्थलीमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

भक्तपुरको मध्यपुर थिमी नगरपालिका- १ लोकन्थलीनजिकै मोटरसाइकल  दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका -२ का २७ वर्षीय  पुण्यबहादुर बोहराको मृत्यु भएको हो। गम्भीर घाइते भएका बोहराको उपचारको क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त थिमीले जनाएको छ। 

काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको प्रदेश ३–०२– ०१२ प ६३३५ नम्बरको मोटरसाइकललाई गएराती सवा १० बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको होे। ठक्कर दिएर फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।