रुसको एक बारमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु

रुसको एक बारमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु

रुसको कोस्ट्रोमा सहरको एक बारमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार क्लबमा कति जना उपस्थित थिए भन्ने आधिकारिक जानकारी आउन सकेको छैन तर अहिलेसम्म २५० जनालाई सकुशल बाहिर निकालिएको छ ।


रुसी सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै एक जना रक्सीले मातिएका ग्राहकले डान्स फ्लोरमा फ्लेयर गन चलाउँदा आगो सुरु भएको बताएको छ।

आगो छतको बत्तिको केही भागहरूमा फैलिएपछि कोठा तुरुन्तै धुँवाले भरिएको र यसलाई निभाउन केही घण्टा लागेको बताइएको छ ।