दार्चुलामा दुई किलो चरेशसहित एक जना पक्राउ

दार्चुलामा दुई किलो चरेशसहित एक जना पक्राउ

दार्चुलामा दुई किलोग्राम लागुऔषध (चरेश)सहित एक जना पक्राउ परेका छन्।

दार्चुलाको अपिहिमाल गाउँपालिका ५ लुम्थिका ४४ वर्षीय दानसिंह धामीको साथबाट झण्डै दुई किलोग्राम चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी राजेश शाहीले जानकारी दिए।

उनका अनुसार मार्माबाट गोकुलेश्वरतर्फ जादै गरेको से १ ज ६१८ नम्बरको जीपमा सवार धामीलाई लटिनाथ बजारबाट पक्राउ गरिएको थियो। उनलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जानकारी दिएको छ ।