दक्षिण लागे यी बलिउड स्टार

दक्षिण लागे यी बलिउड स्टार

बलिउडका कलाकारको पछिल्लो समय दक्षिण भारतीय फिल्मप्रतिको आकर्षण बढेको छ । दक्षिण भारती फिल्मले बलिउडका फिल्मभन्दा राम्रो व्यापार गर्न थालेपछि मुख्य धारका यी कलाकारले दक्षिण भारतीय फिल्ममा अभिनय गर्न थालेका हुन् । अहिले बलिउडका धेरै कलाकार साउथ इन्डियन फिल्मको छायांकनमा व्यस्त छन् । कतिपय कलाकारको त चाँडै नै साउथ इन्डियन फिल्म नै रिलिज हुँदै छ ।

अजय देवगन : दक्षिण भारतीय फिल्म ‘ट्रिपल आर’मा अभिनेता अजय देवगन मुख्य भूमिकामा छन् । बाहुुबली फिल्मका निर्देशक एसएस राजामौलीले फिल्म ट्रिपल आर निर्देशन गरेका छन् । अजय देवगनको यो पहिलो दक्षिण भारतीय फिल्म हो ।

अभिषेक बच्चन : अभिनेता अभिषेक बच्चन पनि दक्षिण भारतीय सिनेमासँग जोडिएका छन् । उनी कलम हासनको दक्षिण भारतीय फिल्म ‘इन्डियन–२’मा अनुबन्धित भएका छन् । यो फिल्म अहिले निर्माणको क्रममा छ ।

तापसी पन्नु: बलिउड अभिनेत्री तापसी पन्नु पनि नयाँ साउथ इन्डियन फिल्ममा अभिनय गर्दै छिन् । उनलाई अब दक्षिण भारतीय नयाँ फिल्म ‘गेम ओभर’मा देख्न पाइने भएको छ । यसअघि उनले दक्षिण भारतीय फिल्ममा यसअघि पनि काम गरिसकेकी छन् ।

अभिताभ बच्चन : बलिउड अभिनेता अभिताभ बच्चनलाई चाँडै तामिल फिल्म ‘उयान्र्था मनिथन’मा देख्न पाइने भएको छ । दक्षिण भारतीय निर्देशक कलाकार सूर्याले यो फिल्मको बच्चनलाई लिएका हुन् । जसमा सूर्या आफैं महत्वपूर्ण भूमिकामा छन् ।

आलिया भट्ट : बलिउड अभिनेत्री आलिया भट्ट पनि दक्षिण भारतीय फिल्म ‘ट्रिपल आर’मा आबद्ध भइसकेकी छन् । उनी यो फिल्ममा रामचरण तेजाकी नायिकाका रूपमा छिन् । बाहुुबली फिल्मका निर्देशक एसएस राजामौलीले फिल्म ट्रिपल आरले यो फिल्म निर्देशन गरिरहेका छन् ।

श्रद्धा कपुर : बलिउड अभिनेत्री श्रद्धा कपुर पनि दक्षिण भारतीय फिल्ममा अनुनबन्धित भइसकेकी छिन् । उनले अभिनय गरेको फिल्म ‘साहो’ चाँडै रिलिज हुँदै छ । यो फिल्ममा उनी प्रभाषकी नायिकाका रूपमा प्रस्तुत भएकी छन् ।