मूभभेन्ट आर डान्स सिजन १’ को फाइनल बैशाख १ गते हुने

मूभभेन्ट आर डान्स सिजन १’ को फाइनल बैशाख १ गते हुने

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा पहिलो पटक मूभभेन्ट आर डान्स स्कुलको आयोजनामा डान्स रियलटी शो को थलानी भएको छ।

कञ्चनपुरको दक्षिणी भेगका विभिन्न स्थानमा गत एक महिना अघि अडिसन लिई ‘मूभभेन्ट आर डान्स सिजन १’ मा पुनर्वास र बेलौरीका ९३ जना बालबालिकाले प्रतियोगितामा भाग लिएका थिए ।

पुनर्वास न्यू सम्राट होटलको हलमा सम्पन्न सेमिफाइनलमा हजारौंको सङ्ख्यामा मूभभेन्ट आर डान्स सिजन १’ को मेघा अडिसन हेर्नेको भिड जमा भएको थियो।

शनिबार सम्पन्न ‘सेमिफाइनलमा छनौट भई आएका ६० जना प्रतिस्पर्धी मध्ये ४१ जनाले सहभागी जनाएका थिए। जसमा ३४ जना प्रतिस्पर्धीले फाइनलको यात्रा तय गरेका छन ।

आईतवार देखि फाइनलका लागि छनौट भएका डान्सरहरुलाई बिशेष तालिम दिईने डान्स प्रशिक्षक तथा कार्यक्रम निर्देशक धिरज देवकरले बताए । उक्त तालिममा तीन तरिकाको नृत्य समावेश गराइने छ जसमा कन्टम्प्रोरी, हिपप, कल्चर साथै सहभागीहरुलाई उदघोषण, मोटिभेसन र मेडिटेसन कक्षाहरु समेत संचालन गरिने निर्देशक देवकरले बताउनुभयो।मूभभेन्ट आर डान्स सिजन १’ को ग्राण्ड फिनाले भने बैसाख १ गते हुनेछ।

नयाँ बर्ष २०७६ को शुरूवात सगै उक्त ग्राण्ड फिनाले नगरपालिकाको सभा हलमा हुने र सो कार्यक्रमको उदघाटन प्रदेश सभा सदस्य तथा सुदुर पश्चिम नेकपा सचेतक मनानिय तारालामा तामाङबाट हुने कार्यक्रम कोओर्डिनेटर रामबहादुर देवकरले बताए ।

प्रतियोगितामा विजेता हुने प्रतिस्पर्घीले नगद रु। १५ हजार र ट्रफी प्राप्त गर्नेछ । यसरीनै फस्ट रनरअपले १० हजार साथमा ट्रफी र सेकेन्ड रनरअप हुने प्रतिस्पर्धीले ५ हजार सहित ट्रफी प्राप्त गर्नेछ ।

सेमिफाइनल राउन्ड देखि भोटिङमा गएको हुँदा ५० प्रतिशत भोटिङ र ५० प्रतिशत डान्सलाई आधार बनाएर अंक निर्धारण गरिने प्रतियोगिताका निर्णायक तथा कार्यक्रम निर्देशक धिरज देवकरले बताउनुभयो ।

अडिसनबाट छनौट हुने २ सहभागीलाई काठमाडौ स्थित राहुल शाहको वाइभ एन्ड वेभ नृत्य केन्द्रबाट नृत्य प्रशिक्षण गराइ नृत्यकलामा दक्ष बनाइने र

२० प्रतिशत भन्दा बढी भोटिङ गर्ने नृत्य प्रतिस्पर्धीहरुलाई एउटा म्युजिक भिडियोमा काम गर्ने अवसर समेत प्राप्त गर्ने कुरा आयोजकले जनाएको छ।