चौमाला बजारमा भएको आगलागीबाट छ वटा पसलको धनमाल जलेर नष्ट, करोड बढी क्षति

चौमाला बजारमा भएको आगलागीबाट छ वटा पसलको धनमाल जलेर नष्ट, करोड बढी क्षति

कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमालामा शनिबार  साँझ भएको आगलागीबाट छ वटा पसलको धनमाल जलेर नष्ट भएको छ ।

चौमालाको हिमाल मोबाइल ग्यालरी पसलमा साँझको समयमा अचानक विद्युत्को लाइन सर्ट भई लागेको आगो नजिकै रहेको थप एक मोबाइल पसल, दुई वटा किराना पसल, एक हार्डवेयर पसल र एक होटेलमा सल्केपछि पसल तथा होटेलमा रहेको सामान जलेर क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले दिए ।

आगलागीको घटना लगत्तै घटनास्थल पुगेको सशस्त्र प्रहरीको वनवेहँडास्थित सशस्त्र प्रहरीको रिजर्ब गण, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा घोडाघोडी नगरपालिका र गोदावरी नगरपालिकाको दमकलको सहायतामा झण्डै एक घण्टापछि साँझ ८ः३० बजे आगो निभाइएको छ ।

क्षतीको विवरणः-
1)    जि. कैलाली गौरीगंगा न.पा. ०१ चौमाला बस्ने बिष्नु कुमार पाण्डेको लुम्बिनी होटलमा भाडा, लत्ता कपडा होटलका समान लगायत अ. १,५०,०००।– (एक लाख पचास हजार) सम्मको क्षती भएको ।
2)    ऐ. बस्ने जय सिंह भण्डारीको किराना पसलको समान, दुई वटा फ्रिज लगायत अ. १५,००,०००।– (पन्ध्र लाख) सम्मको क्षती भएको ।
3)    ऐ. बस्ने पारस सापकोटाको मोबाईल ग्यालरीको ईलेक्ट्रोनिक समान लगायत अ. १०,००,०००।– (दस लाख) सम्मको क्षती भएको ।
4)    ऐ. बस्ने हिमाल पुन मगरको मोबाईल ग्यालरीको ईलेक्ट्रोनिक समान लगायत अ. १२,००,०००।– (बाह्र लाख) सम्मको क्षती भएको ।
5)    ऐ. बस्ने छविलाल खनालको हार्डवेयर पसलमा अ. ४५,००,०००-। (पैतालिस लाख सम्मको) क्षती भएको ।
6)    ऐ. बस्ने टंक प्रसाद आचार्यको सुज सेन्टरको जुत्ता, चप्पल लगायतक अ. ३०,००,०००।– (तिस लाख सम्मको) क्षेती भएको ।