आयोगको चेतावनी पछि बढी हिट भएको ‘नो, नट अगेन’ अभियान ट्विटरको ट्रेन्डिङमा

आयोगको चेतावनी पछि बढी हिट भएको ‘नो, नट अगेन’ अभियान ट्विटरको ट्रेन्डिङमा

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा शीर्ष नेतृत्वदेखि विवादित व्यक्तिहरूलाई बहिस्कार गर्नुपर्ने भन्दै चलिरहेको अभियान ‘नो, नट अगेन’ सामाजिक सञ्जाल ट्विटरको एक नम्बर ट्रेन्डिङमा परेको छ। 

‘अबको निर्वाचनबाट स–सम्मान विदा गर्रौं’, मंसिर ४ कि वार कि पार भन्ने नारासहित सामाजिक सञ्जालमा ‘नो, नट अगेन’ भन्दै निर्वाचन बहिस्कार अभियान सुरु गरिएको अभियान ट्विटरको एक नम्बर ट्रेन्डिङमा परेको हो।  

शीर्ष दलका शीर्ष नेताहरूलाई निर्वाचनबाट बहिस्कार गर्नुपर्ने अभियान चलाएपछि निर्वाचन आयोगले त्यसो नगर्न आग्रह गर्दै जरिवाना र जेल सजायसमेत तोकेर चेतावनीसहितको निर्देशन दिएको थियो।

आयोगको चेतावनीपश्चात ‘नो, नट अगेन’ अभियान झनै चर्चामा आएको छ। जसलाई कांग्रेस नेता डा मीनेन्द्र रिजाललगायत विभिन्न दलका नेताहरूले समेत अभियानमा समर्थन जनाइरहेका छन्। 

आयोगको चेतावनीप्रति प्रतिक्रिया दिँदै अभियानकर्ताहरूले उक्त अभियान कसैको कुप्रचार वा बदनियतपूर्ण ढंगबाट सुरु भएको नभइ परिवर्तनको अपेक्षा र अनुरोधसहित आएको ट्विटरमार्फत बताएका छन्।

कसैप्रति दूराशय र वैरभाव राखे नभएर देशको चरम दूरावस्था, महंगी, भ्रष्टाचार, बेरोजगारी लगायतका सवालमा पटक–पटक एउटै व्यक्ति निर्वाचित भइरहनुलाई लिएको उनीहरूको स्पष्टीकरण छ ।

आयोगको चेतावनीपछि पनि पुराना नेताहरूलाई चुनाव हराउनुपर्ने र नयाँलाई अवसर प्रदान गर्नुपर्ने आफूहरूको अभियान यथावत रहेको ‘नो, नट अगेन’ अभियानका अभियन्ताहरूले जनाएका छन्।

आयोगको निर्देशनपछि सो विरूद्धमा समाजिक सञ्जाल प्रयोगकर्ताले ’नो, नट अगेन’ समूहलाई समर्थन गरेका हुन्। जसका कारण ट्विटरमा यो एक नम्बर ट्रेन्डिङमा परेको छ।