धनगढीका एक किशोरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु

धनगढीका एक किशोरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु

कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका ११ कोलमुडास्थित मछेली नदीमा पौडी खेल्ने क्रममा डुबेर धनगढी उपमहानगरपालिका सन्तोषी टोल बस्ने १६ बर्षिय आर्यन लामाको मृत्यु भएको हो । 

साथीसङ्ग पिकनिक खान गएका लामाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेद प्रकाश जोशीले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।