राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले मनाएनन् भाइटीका, ओलीले मनाए

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले मनाएनन् भाइटीका, ओलीले मनाए

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिइनन्। राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  उनको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन्  ।भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन ।   

यस्तै,  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा दिदीबहिनीबाट भाइटीका लगाएका छन् ।भक्तपुरको बालकोटस्थित निवासमा ओलीलाई विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीले भाइटीका लगाइ दिएका हुन् ।