डेउडा गायक अन्तराम बिष्टको ‘छम छमला’ बजारमा (भिडियो)

डेउडा गायक अन्तराम बिष्टको  ‘छम छमला’ बजारमा (भिडियो)

सुदूरपश्चिम प्रदेशका ‘लिजेन्ट सिंगर’का रुपमा रहेका डेउडा गायक अन्तराम बिष्टको ‘छम छमला’ बोलको गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ।

सुदूरपश्चिम् प्रदेशको मौलिक सस्कृति तथा भाषामा आधारित बिष्टको बहुप्रतीक्षित ‘छम छमला, चैतका चट्किला मैना’ बोलको गीतको अफिसियल भिडियो शनिबार उनकै आधिकारिक युट्युब च्यानलमार्फत बजारमा ल्याइएको हो।

अडियो बजारमा आएको लामो समयपछि गीतको भिडियो सार्वजनिक गरिएको छ। सुदुर तथा मध्यपश्चिम क्षेत्रका श्रोताले अडियो निकै मन पराएकका थिए। गीतमा गायक बिष्टकै शब्द रहेको छ भने भुवन प्रकाश बडुको लयको रहेको छ। यस्तै बिष्टलाई स्वरमा गायिका बिमाकुमारी दुराले साथ दिएकी छन्।

मासुम बिष्टको निर्देशनमा बनेको गीतको म्युजिक भिडियोमा भुवन प्रकाश बडु र मनिषा रावलले अभिनय गरेका छन्। केही समयको ‘ग्याप’पछि फेरि सांगीतिक क्षेत्रमा फर्किएका गायक बिष्टको स्वरका गीतहरु श्रोताले निकै मन पराएका छन्। पुराना गीतलाई अहिलेका नयाँ पुस्ताले पनि मन पराउने तवरले बजारमा ल्याउने तयारी भएको गायक बिष्टले बताए।

एक समय सांगीतिक क्षेत्रमा छलाङ मारेका बिष्टले पछिल्लो ८ वर्षयता कुनै पनि गीत रेकर्डिङ गराएका थिएनन्। यस क्षेत्रमा हुने विभिन्न मेला, महोत्सवमा गायक बिष्ट सहभागी हुँदै आएका थिए।

केही समय अगाडि मात्रै उनले गायिका हेमा मडैसँग ‘मै पुग्या समुन्द्र पारी’ बोलको गीतमा स्वर दिएर झण्डै एक दशकपछि फेरि सांगीतिक क्षेत्रमा फर्किएका हुन।

बिष्टका ‘दाणिम चौका ढोल पैरा’, ‘पैसा हुन्ज्या हर्कबहादुर बिन पैसा हर्के’, ‘ओ तेरा घोप्टे जुँगा’ लगायत दर्जनौं गीतहरु स्रोता माझ उत्कृष्ट छन।