सत्ता गठबन्धनको संयुक्त चुनावी कार्यक्रमले तीव्रता पाउँदै कञ्चनपुरमा

सत्ता गठबन्धनको संयुक्त चुनावी कार्यक्रमले तीव्रता पाउँदै कञ्चनपुरमा

आसन्न निर्वाचनमा सर्वाधिक मतान्तरले जित सुनिश्चित पार्न बाम लोकतान्त्रिक गठबन्धनले कञ्चनपुर १ मा संयुक्त रूपमा चुनावी कार्यक्रमलाई तीव्र बनाएको छ ।   

निर्वाचन क्षेत्र नम्बर १ को बेलडाँडी गाउँपालिका र लालझाडी गाउँ पालिकामा सोमबार (आज) चुनावी कार्यक्रम अन्तर्गत भेलाको आयोजना गरिएको बाम लोकतान्त्रिक संयुक्त चुनाव प्रचारप्रसार समितिका सह संयोजक नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्यायले बताए ।

आज बेलडाँडी गाउँपालिकामा आयोजित बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलामा नेपाली काँग्रेस कञ्चनपुरका नेता संविधानसभा सदस्य एवं प्रदेशसभा सदस्य पदका उम्मेदवार दिवानसिंह विष्टको प्रमुख आतिथ्य रहेको र लालझाडी गाउँ पालिकामा आयोजित संयुक्त भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं चुनाव प्रचारप्रसार समितिका संयोजक लोकेन्द्र लम्सालको प्रमुख आतिथ्यमा कार्यक्रम सप्रन्न भएको नेपाली काँग्रेसका क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायले बताए ।

सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेतृत्वको सहमति र सहकार्यमा गरिएको  गठबन्धन देशमा स्थिरता , दिगो सरकार , संविधान र लोकतन्त्रको रक्षाको लागि आवश्यक रहेकाले निर्धक्क भएर भयमुक्त भई गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गरिएको नेपाली काँग्रेसका क्षेत्रीय सभापति उपाध्यायले जनाए ।