नवौँ राष्ट्रिय खेलकुद अन्तरगत पदक तालिकामा सुदूरपश्चिम अन्तिमबाट दोस्रोमा

नवौँ राष्ट्रिय खेलकुद अन्तरगत पदक तालिकामा सुदूरपश्चिम अन्तिमबाट दोस्रोमा

गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबको अग्रता कायमै रहेको छ । अहिलेसम्म आर्मीले ४४ स्वर्ण, ३१ रजत र २४ कांस्य पदक सहित कुल ९९ पदक हात पारिसकेको छ ।

दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदक सहित ४९ पदक जितेको छ । अर्को विभागीय टिम एपिएफले १४ स्वर्ण, २० रजत र २५ कांस्य पदक सहित कुल ५९ पदक जितिसकेको छ ।

यसैगरी बागमती प्रदेशले ११ स्वर्ण, १९ रजत र १५ कांस्य सहित कुल ४५ पदक हात पारेको छ । गण्डकी प्रदेशले ८ स्वर्ण, ६ रजत र १६ कांस्य पदक सहित ३० पदक जितेको छ। यता एनआरएनएले ४ स्वर्ण, ३ रजत ४ कांस्य सहित ११ पदक, प्रदेश १ ले २ स्वर्ण ६ रजत र १६ कांस्य सहित २४ पदक जितेको छ ।

यसैगरी मधेश प्रदेशले २ स्वर्ण, २ रजत र ७ कांस्य, लुम्बिनी प्रदेशले १ स्वर्ण, ७ रजत र ८ कांस्य, सुदूरपश्चिम प्रदेशले १ स्वर्ण, १ रजत, १० कांस्य सहित १२ पदक र कर्णाली प्रदेशले १ स्वर्ण, २ कांस्य पदक सहित ३ पदक हात पारेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।