२४ घण्टामा ३२ जनालाई कोरोनाले समात्यो

२४ घण्टामा ३२ जनालाई कोरोनाले समात्यो

पछिल्लो २४ घण्टामा देशभर ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ सय ६२ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६३४ पीसीआर परीक्षणमा २८ जना र ५२८ एन्टीजेन परीक्षणमा चार जनामा कोरोना देखिएको हो । सो अवधिमा सात जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो अपडेटसँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६८८ जना पुगेको छ ।