पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

पछिल्लो २४ घण्टामा  १६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

नेपालमा थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ७६३ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ५२ जनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर बाट  ७४५ जनाको नमुना परीक्षण गर्दा ४५ र एन्टिजेन विधिबाट एक हजार १८ जनाको नमुना परीक्षण गर्दा सातजनामा संक्रमण देखिएको हो ।

यस्तै आजे देशभर १६ जना निको भएर डिस्चार्ज भएका छन । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।