कर्णाली नदिमा 'र्यापटिङ ज्याम्बोरी २०७५' शुरु

कर्णाली नदिमा 'र्यापटिङ ज्याम्बोरी २०७५' शुरु

सुदूर पश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले कर्णाली ¥याफ्टिङ ज्याम्बोरी २०७५ कैलालीको उद्घाटन गरेका छन् ।

कैलालीको मोहन्याल गाँउपालिकाको सोल्टामा सुदूर पश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले केही बेरअघि कर्णाली ¥याफ्टिङ्ग ज्याम्बोरी २०७५ को उद्घाटन गरेका हुन् ।

कर्णाली नदीमा ¥याफ्टिङका लागि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्रचार प्रसार गर्ने उद्देश्यले आयोजना गरिएको कर्णाली याफ्टिङ ज्याम्बोरी २०७५ मा बिशाल सहभागिता रहने आयोजकले जनाएको छ ।

मोहन्याल गाँउपालिकाको आयोजनामा शुरु भएको उद्घाटन कार्यक्रममा संघीय सांसद झपट रावल, भौतिक पूर्बाधार विकास मन्त्री पठानसिंह बोहरा, सभामुख अर्जुन बहादुर थापा, उपसभामुख निर्मला बडाल जोशी, जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्य बहादुर थापा लगायतको सहभागिता रहेको छ ।

कार्यक्रम मोहन्याल गाँउपालिकाको अध्यक्ष नवलसिंह रावलको अध्यक्षमा सञ्चालन भईरहेको छ । उद्घाटन सत्रपछि सोल्टाबाट ¥याफ्टिङ शुरु हुनेछ । झण्डै २३ किमी लामो जलयात्रापछि कैलालीको चिसापानीमा ¥याफ्टिङ समापन हुनेछ । उक्त दूरी तय गर्न करीव ३ घण्टा लाग्ने छ ।