यौनका कुराः महिलाहरु किन ‘अर्गाज्म’बाट टाढा ?

यौनका कुराः महिलाहरु किन ‘अर्गाज्म’बाट टाढा ?

यौन र रोमान्समा खुलेर पनि कति महिला ‘अर्गाज्म’ अर्थात कमोत्तेजना प्राप्त गरिरहेका हुँदैनन् । किन होला ? यसमा एकमात्र कारण छैन । अनेक कुराले महिलाहरु अर्गाज्मबाट बञ्चित भएको पाइन्छ । धेरैजसो महिला त स्वयम् यसका लागि प्रयास गर्दैनन् । अर्गाज्म यस्तो एक भावनात्मक अवस्था हो, जसले महिलाहरुलाई न केवल आत्मिक सुखको अनुभुति गराउँछ, उनीहरुलाई पूर्णताको महसुस पनि गराउँछ । आˆनो वैवाहिक जीवनलाई अझ धेरै रोमान्टिक बनाउन चाहने हो भने अर्गाज्म निकै जरुरी छ । तर, पनि त्यस्तो के छ जसले महिलाहरुलाई अर्गाज्मबाट टाढा राख्छ ।

कामको चाप

लामो समय एकै ठाउँमा बसेर काम गर्ने महिलाको पेल्भिकको मांसपेशी खुम्किन थाल्छ । जसले गर्दा उनीहरुलाई पेल्भिकमा पिडा हुने गर्छ । पेल्भिकमा पिडा भएमा यसले अर्गाज्ममा बाधा उत्पन्न गराउँछ ।

त्यसैले, म्यारिज काउनिसलर र सेक्स थेरापिष्ट महिलाहरुलाई कामको समयमा प्रत्येक आधा घण्टामा आफ्नो सीटबाट उठेर थोरै हिडडुल गर्न सल्लाह दिने गर्दछन् । बीच बीचमा लिएको यस किसिमको ब्रेकले पेल्भिकको मांसपेशीलाई मजबुती प्रदान गर्दछ ।

हिल जुत्ता

धेरै महिला हाई हिल भनेपछि भुतुक्कै हुने गर्दछन् । लामो समय हाई हिल जुत्ताको प्रयोगले खुट्टा त दुख्छ नै, यसले अर्गाज्मबाट समेत वञ्चित राख्छ । किनकी खुट्टामा रहेको सोअस मांसपेशी पेल्भिक नशासित जोडिएको हुन्छ । यो मांसपेशी क्षतिग्रस्त भएमा आर्गाज्मको संकेत तपाईं समक्ष पुग्न सक्दैन । त्यसैले, अर्गाज्म प्राप्त गर्नका लागि पनि हिल जुत्ता प्रयोग गर्दा सोअस मांसपेशीलाई ध्यानमा राख्न जरुरी छ ।

पानीको कमी

शरीरमा पानीको कमीले कब्जियत, हिहाइड्रेसन, थकान लगायतका न केवल स्वास्थ्य सम्बन्धि समस्या निम्तिन्छ, अर्गाज्मलाई समेत प्रभावित पार्छ । शरीरमा रहेको अराउजल टिस्यूलाई प्रभावकारी ढङ्गले काम गर्नका लागि तरल पदार्थको आवश्यकता पर्छ । जसको पूर्ति पानीद्वारा गरिन्छ ।

शरीरमा पानीको कमी भएमा अर्गाज्म पाउन अझ धेरै मुश्किल हुन सक्छ । त्यसैले, दिनमा तीन देखि चार लिटर पानी पिउँछौ । सम्पूर्ण शरीरलाई स्वस्थ राखौ ।

सेक्सको समयमा चुप बस्नु

धेरैलाई थाहा नुहन सक्छ, यौप सम्पर्कका क्रममा चुप बस्नुले पनि तपाईंलाई अर्गाज्मबाट टाढा राख्न सक्छ । विशेषगरी, सेक्सको क्रममा आवाज ननिस्कदा अर्गाज्म प्राप्त गर्नमा समय लाग्न सक्छ । जबकी सेक्सको क्रममा आवाज निकाल्दा अर्गाज्म छिटो र लामो समयका लागि प्राप्त गर्न सकिन्छ ।

औषधीको सेवन

औषधीमा पाइने प्रोल्याक्टिन नामक तत्वले सेक्स ड्राइभलाई कमजोर बनाइदिन्छ । यस्ता औषधीको लगातारको प्रयोगले महिलाहरुको सेक्समा रुची कम हुने गर्छ । त्यदी तपाईंहरुमध्ये कसैले उच्च रक्तचाप, मधुमेह, वा गर्भनिरोधक चक्की वा एन्टी डिप्रेसनको औषधी सेवन गर्नु हुन्छ भने सम्भिmनुहोस्, तपाईंले सेवन गर्ने औषधीले नै तपाईं र अर्गाज्मको बीचमा बाधा उत्पन्न गरिरहेको छ । यो समस्याबाट बाहिर निस्कन सेक्स थेरापिष्टको सहयोग लिन जरुरी छ ।

अक्सिटनिक स्तरको कमी

विशेषज्ञका अनुसार अर्गाज्मका लागि’ फिल गुड’ वा ‘लव हर्मोन’ को नामले चिनिने अक्सिटनिक हर्मोनको स्तरले निकै महत्व राख्छ । यदी शरीरमा यो हर्मोनको लेभल वा स्तर कम भएमा अर्गाज्म पाउन मुश्किल हुन्छ । र, तनावका कारण शरीरमा अक्सिटनिक हर्मोनको कमी हुने गर्छ । त्यसैले, पार्टनरसित धेरै भन्दा धेरै समय विताएर यो हर्मोनको उत्पादनमा सहयोग पुर्‍याउन सकिन्छ ।

आˆनो आवश्यकता नबताउनु

धेरै महिला सेक्सलाई लिएर संकिर्ण हुने गर्छन् । जसले गर्दा उनीहरु कतिपय कुरा आˆनै श्रीमानलाई भन्न समेत हिच्किचाउँछन् । उनीहरु सोच्छन्, कतै श्रीमानले गलत त सोच्दैनन् ? जबकी जबसम्म तपाईं आˆनो कुरा श्रीमानलाई बताउनु हुँदैन, के चाहनु हुन्छ, के चाहनु हुँदैन भन्नु हुँदैन तबसम्म तपाई अर्गाज्मसम्म पुग्नै सक्नुहुन्छ ।

मुत्रथैली (व्लाडर) भरिनु

जसरी यौन सम्बन्ध पश्चात्त पिसाब फेर्नुले महिलाहरुलाई मुत्रनलीको संक्रमणबाट बचाउँछ, ठीक त्यसैगरी यौन सम्बन्ध बनाउनु अघि मुत्रथैली खाली गरेमा अर्गाज्म छिटै पैदा हुन्छ । अन्यथा, व्लाडर भरिएमा अर्गाज्म महसुस हुँदैन ।

सेक्सको लागि तयार नहुनु

धेरै महिला सेक्सको नाम सुन्ने वित्तिकै लजाउने गर्छन् । आत्तिने गर्छन् । उनीहरु सोच्छन्, सेक्स भनेको हाम्रो लागि बनेकै होइन ।  परिणामस्वरुप, उनीहरु सेक्सको लागि तयार हुँदैन । जबकीसेक्सको लागि तयार नहुनुले पनि अर्गाज्म प्राप्त गर्नमा बाधा उत्पन्न गर्न सक्छ ।