चार वर्षसम्म पनि पुल नबनाउने ठेकेदारले दिए दोस्रो पटक म्याद थपका लागि निवेदन

चार वर्षसम्म पनि पुल नबनाउने ठेकेदारले दिए दोस्रो पटक म्याद थपका लागि निवेदन

धनगढी : निर्माण सुरु भएको चार वर्षमा पनि कैलालीको धनगढी र कञ्चनपुरको राजघाट जोडने मोहना नदिको पुल निमार्ण अधुरै छ । 

सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार हालसम्म उक्त पुलको काम ६० प्रतिशत मात्रै भएको छ । चन्द्रशेखर मल्ल संचालक रहेको अलिट एडभेन्चर जेभि निर्माण कम्पनीसग २०७२ साल असार ३० गते पुल निर्माण सम्झौता भएको थियो । 

करिव आठ करोड रुपैयामा निर्माण सम्झौता भएको पुलको २०७४ चैत्र ३० गते सम्झौता सकिएको थियो । त्यसपछि एक वर्षका लागि म्याद थप गरिएको थियो । 

एक पटक थपिएको म्याद पनि गत जेठ १५ गते नै सकिएको छ । दुई महिना अगाढी नै म्याद थपिएको निर्माण कम्पनीले भने एक हप्ता अघि मात्रै एक वर्ष म्याद थपका लागि निवेदन दिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका ईन्जिनियर महेन्द्र पन्तले जानकारी दिए । 

‘एक वर्ष म्याद थपका लागि निर्माण कम्पनीले निवेदन दिएको छ ।’ ईन्जिनियर पन्तले भने, ‘म्याद थप नै भईसकेको छैन ।’

उनले केही दिनमा म्याद थपका लागि दिईएको निवेदन केन्द्रको सडक विभागमा पठाईने जानकारी दिए । ‘हामीले म्याद थप गर्ने होईन, केन्द्रले म्याद थप गर्ने हो ।’ उनले भने, ‘सडक विभागले जे आदेश दिन्छ सोही अनुसार हामी गर्छौ ।’

नाकाबन्दी अझै बाहाना

निर्माण कम्पनीले पहिलो पटक म्याद थप गर्दा भारतले २०७२ सालमा लगाएको नाकाबन्दीका कारण निर्माण सामाग्री अभावले काम गर्न नपाएकोले ढिलाई भएको भन्दै निवेदन दिएको थियो । 

नाकाबन्दीको तिव वर्ष वितिसक्दा पनि निर्माण कम्पनीले भने अझै सोही बाहाना बनाउदै निर्माण कार्यमा ढिलाई भएको बताउदै आएको छ । 

‘अझै पनि नाकाबन्दीकै कारण निर्माण कार्यमा ढिलाई भईरहेको भन्दै म्याद थपका लागि निवेदन दिएको छ ।’ पन्तले भने, ‘ठेकेदार कहिले फोन उठाउदैन, सम्पर्कमा आउदैन ।’ 

‘खास्सै ठेकेदारले ठुला पुल निर्माणको जिम्मा नलिएको पाईएको छ ।’ उनले भने, ‘एक वर्षका लागि म्याद थप गरिएपनि पुरा हुन्छ कि हुदैन भन्न सकिन्न ।’

काम नगर्ने ठेकेदारमा पहिलो नम्बरमा, कारवाही भएन

गृहमन्त्री राम बहादुर थापा बादलले काम नगर्ने ठेकेदारको नाम केन्द्रमा पठाउन निर्देशन दिएका बेला राजघाट जोडने मोहना नदिको पुल निर्माणको ठेक्का पाएका चन्द्रशेखर मल्लको नाम २० जना ठेकेदारमध्ये पहिलो नम्बरमा थियो । 

तत्कालिन प्रमुख जिल्ला अधिकारी ऋषिराम पौडेलले जिल्लाका विकाशे अड्डाका प्रमुखलाई काम नगर्ने ठेकेदारको नाम सकलन गर्न लगाई केन्द्रमा पठाउनुका साथै ठेकेदारको खोजी गर्न समेत प्रहरीलाई निर्देशन दिए । 

तर, पौडेलको सरुवासगै उक्त अभियान पनि सेलाएको छ । अहिले ठेकेदारलाई कारवाही गर्ने विषयमा प्रशासन मौन बसेको छ । 

पौडेलपछि सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले त्यस विषयमा केही कदम चालेका छैनन । 

‘हामीले काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने हैन ।’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘कैलालीबाट पनि काम नगर्ने ठेकेदारको नाम केन्द्रमा पठाईएको रहेछ । तर, गृह मन्त्रालयले केही निर्देशन नदिएका कारण कारवाही प्रक्रिया अगाढी बढाउन सकिएको छैन ।’

उनले काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने विषयमा केन्द्रको आदेश निर्देशन बसेको र निर्देशन आए लगत्तै कारवाही गरिने आश्वासन दिए । 

ढुङगा तर्नुपर्ने बाध्यता हट्ने आशा आशमै सिमित

२०७२ सालमा मोहना नदीमा पुल निर्माण कार्य सुरु भएसगै कञ्चनपुरको राजघाट, रैकवार विचवाका बासिन्दा खुसि भएका थिए । 

अव त ढुङगा चढेर धनगढी आउनुपर्ने बाध्यता हटने भो भन्दै उनीहरु मख्ख थिए । तर, निर्माण कार्य सुरु भएको ४ वर्षसम्म पनि निर्माण कार्य पुरा नहुदा उनीहरु निराश भएका छन ।