मेरो चुनौती पुष्करनाथ ओझामात्रै होइनन् : पन्त (अन्तर्वार्ता)

मेरो चुनौती पुष्करनाथ ओझामात्रै होइनन् : पन्त (अन्तर्वार्ता)

२०१२ साल कैलालीको श्रीपुरमा जन्मिएका डिल्लीराज पन्त यसअघि सुदूरपश्चिम प्रदेशसभा सदस्य हुन् । उनका पिता चेतराज पन्त नेपालमा प्रजातन्त्र स्थापनाका लागि २००७ सालको क्रान्तिमा होमिएका कांग्रेस योद्धा थिए । परिवार नै राजनीतिमा भएकाले २०२९ सालदेखि पन्तले सक्रिय राजनीति सुरु गरेका हुन् । २०३० सालमा उनी राजकाज मुद्दामा जेल समेत परे । त्यसबेला बीएसम्मको अध्ययन गरेका पन्त कैलाली उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, हृदयरोग निवारण प्रतिष्ठान, विद्यालय व्यवस्थापन समिति अध्यक्षलगायत संस्थामा पनि आवद्ध भएर काम गरे । 

नेपाल विधार्थी संघबाट २०३६ सालको आन्दोलनमा होमिएका पन्त २०३७ सालमा नेविसंघ कैलाली जिल्लाको संस्थापक अध्यक्ष बने । अघिल्लो कार्यकाल प्रदेशसभा सदस्यबाहेक त्यसअघि उनी एकचोटी जिल्ला कमिटिको सदस्य भएका थिए । त्यसबाहेक उनी अहिले पार्टीको महाधिवेशन प्रतिनिधि हुन् । कांग्रेस नेतृ तथा प्रधानमन्त्री आर्जु राणा देउवा एकल सिफारिसमा परेको कैलाली क्षेत्रनम्बर ५ बाट अन्तिममा पन्तले टिकट पाएका छन् । 

उम्मेदवारी दर्ता गरेपछि धनगढीखबरका यज्ञराज जोशीले पन्तसँग गरेको कुराकानी :

आर्जु राणा देउवा एकल सिफारिस परेको क्षेत्रबाट तपाईंले टिकट पाउने वातावरण कसरी बन्यो ?
यो कुरा के हो भने पछि मैले पहिले प्रदेशको उम्मेदवारी दिने भनेको थिए । आरजु देउवा प्रतिनिधि सभामा लड्ने भन्ने कुरा थियो । तर उहाँ चुनावभन्दा अगाडि दुई दुई पटक दिल्ली गएर अप्ररेसन गराउनु पर्यो । उनको खुट्टाको पनि अप्रेसन गरेको थियो । डाक्टरले धेरै हिड्नुहुन्न, धेरै बोल्नुहुन्न आराम गर्नुहोस भनेपछि उहाँले आराम गर्ने निर्णय गर्नुभएको हो ।  उहाँले छोडेपछि यहाँको जिल्ला कमिटिका नेताहरु क्षेत्रीय कमिटीका नेताहरु सबैको सल्लाह बमोजिम पार्टीले चाहिँ मेरो नाम प्रस्तुत गरेको हो । 

तपाईको भन्दा यस क्षेत्रका लागि अरु नेताहरुको चर्चा सुनिन्थ्यो, फेरि पनि एक्कासी तपाईको नाम कसरी अघि आयो?
म नेपाली कांग्रेसको सदस्य भएर राजकाज मुद्दामा २०३० सालमा जेल परेको हुँ । त्यहीबाट मैले हाई स्कुल पास गरे । २०३६ सालको आन्दोलनको नेपाल विद्यार्थी संघबाट आन्दोलनको नेतृत्व गरे । २०३७ सालमा नेविसंघ कैलाली जिल्लाको संस्थापक अध्यक्ष हुँ । त्यसपछि कार्यक्रम भए २०४६ साल सम्म सबै कार्यक्रममा सक्रिय छु । पार्टीमा अवद्धता २०२९ साल देखि हो । त्यहीबाट मैले हाईस्कुल पास गरेर मेरो राजनीतिक जीवन शुरुभएको हो । धनगढीमा जेल परे । म जन्मे कैलालीमा हो । शेर बहादुर देउवा जब नेवि संघको राजनीतिमा थिए । 

पार्टीमा मैले उति सारो पद लिएन खाली यो एक चोटी जिल्ला कमिटिको सदस्य भएको थिए । त्यसपछि अहिले महाधिवेशन प्रतिनिधि हो । मलाई पहिले पार्टीले दायित्व दिएको थिएन । अहिले दायित्व दिएको छ । पार्टीले योग्य सम्झेर उम्मेदवार बनाएको हो ।

एकातर्फ एकसमयका सहयात्री पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दिएका छन्, अर्कातिर अघिल्लोपटक जितेका एमाले उम्मेदवार छन्, चुनौती दह्रो छ नी?
चुनाव भन्ने कहिले पनि सजिलो हुँदैन । कुनै पनि चुनाव सजिलो हुँदैन । विद्यालयको चुनाव त सजिलो हुँदैन भने यो प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हो । चुनावलाई यति सहज मान्नु हुँदैन । नेपाली कांग्रेस एक शसक्त पार्टी भएको हुनाले एउटा संगठित पार्टी भएको हुनाले विजयी हुन धेरै सम्भव देखिरहेको छु । 

उहाँले(पुष्करनाथ ओझा)ले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । मेरो लागि चुनौती भनेको पुष्करनाथ ओझा मात्रै होइन । जो जो मेरो ठाउँमा प्रतिनिधि सभाका लागी उठ्नु भएको छ सबै  हुन् । त्यो चुनौतीको समाना गर्न म तयार छु । 

स्थानीय तहको निर्वाचनमा गठबन्धन हुँदाहुँदै पनि धनगढीमा कांग्रेस उम्मेदवार ठूलै अन्तरले पराजित भएको थियो । गठबन्धनले धोका दिएको पनि निष्कर्ष निकालियो । यसपटक पनि गठबन्धनले त्यसै गर्‍यो भने नी?

स्थानीय तह निर्वाचनको परिस्थिति र अहिलेको परिस्थितिमा धेरै फरक छ । उति बेला स्थानिय निकाएको चुनाव थियो । अहिले केन्द्र र प्रदेशको छ । व्यक्ति परिर्वतन भएका छन । ठाउँ परिर्वतन भएको छ । त्यो आधारमा मलाई गठबन्धनले धेरै सहयोग गर्छ । जनताको जे निर्णय भयो हाम्रो प्रजान्तत्रिक पार्टी भएकाले त्यसलाई स्वीकार्नुपर्छ । 

प्रतिस्पर्धीले तपाई जनतासँग त्यति साह्रो नभिजेको र कमजोर उम्मेदवारका रुपमा प्रचार गरिरहेका छन् नी?
यो भन्दा पहिला २०७४ सालमा प्रदेशसभा सदस्य भएको मान्छे हो । पाँचबर्ष यहाँ प्रदेशमा प्रदेशसभा सदस्य भएर मैले काम गरेको हुँ । उतिबेला पनि पत्यक्ष निर्वाचनबाटै निर्वाचित भएर आएको हुँ । म जनताकोसँग नभिजेको भए, जनताले मलाई नचिनेको भए मलाई कसरी जिताउँथे ? त्यो भनाई बिरोधहरुको भनाई होला । कति जति मत आउँछ भन्ने कुरा अहिले नगरौं । मलाई विजयी हात पार्न सम्मको मतलब छ । मलाई विजयी हुन आवश्यक मत आउँछ । 

प्रदेशसभाको आफ्नो पाँचवर्षे कार्यकालमा गरेका केही काम स्मरण छन्?

मैले त्यति साह्रो उल्लेखनीय काम गर्ने अवसर पाएन । यहाँ नेपाली कांग्रेसको प्रदेश सभामा उपस्थिति न्यून थियो । ५३ जना हामी १२ जना मात्रै थियौं । बाँकी दुई तिहाई कम्युनिष्ठहरुको सरकार थियो । र उनीहरुको सरकारहुँदा खेरी हाम्रा कुनै पनि योजना वीकार नगरेको हुनाले हामी काम गर्न सकेनौ । तरपनि पिच गर्ने कुरा, तटबन्धनका कुराहरु, बाँध बाध्ने कुरा भए । स्कुलका भवनहरु भए, सिचाईका कुराहरु भए । यी कुराहरु गरिएका छन् । 

अब यदि जित्नुभयो भने यस क्षेत्रका समस्या के के पहिचान गर्नुभएको छ र समाधान गर्नुहुनेछ?
यो क्षेत्रका लागी धेरै चूनौतीपूर्ण छन् । जस्तै विशालनगर क्षेत्रमा बाढीको सबैभन्दा ठुलो समस्या छ । अहिले हिडडुल गर्न समस्या हुन्छ । गौरीफन्टा नाकाको कुराहरु छन त्यो एरपोर्टको कुरा छ र सेती प्रादेशिक अस्पतालको स्तरउन्नतीका कुराहरु छन् । प्रादेशिक विश्वविद्यालयका कुराहरु छन् । त्यसबाहेक अरुसाना कुरा सडक बनाउने लगायत अन्य कुराहरु त छदैछन ।