सासुबुहारीकाे सम्बन्ध यसरी बलियाे बनाउनुहाेस्

सासुबुहारीकाे सम्बन्ध यसरी बलियाे बनाउनुहाेस्

जब एक युवतीको विवाह हुन्छ, उनी केवल पत्नीमात्र होइन बुहारी, भाउजु, काकी, देवरानी, जेठानीजस्ता धेरै सम्बन्धले बाँधिन्छिन् । तर यी सम्बन्धमा श्रीमान–श्रीमतीपछि दोस्रो महत्वपूर्ण सम्बन्ध हुन्छ सासु–बुहारीको । यी सम्बन्धमा पुरै परिवारको सुखशान्ति निर्भर हुन्छ । यसकारण सासुबुहारीको सम्बन्ध सुमधुर राख्नुपर्छ । सासुबुहारीकाे सम्बन्ध सुमधुर राख्न यसरी सक्नुहुनेछ । 

१) सुरुमा मित्र बन्नुहोस्

अलग–अलग घरका दुई महिला एउटै छतमुनि हुँदा उनीहरुकाे विचार, बानी फरक हुनु स्वभाविक हाे । तर नयाँ सम्बन्धको सुरुवात गर्दा दुवैको मनमा प्रेम र मित्रको भावना हुनुपर्छ । सासु बुहारीबीचको मित्रता बढ्दै गयो भने सम्बन्ध सुमधुर हुन्छ र परिवारमा शान्ति हुन्छ । बुहारीले सासु आफ्नी आमा हुन भन्ने भावना मनमा राख्नुपर्छ । 

२) सकारात्मक हुनुहोस् 

आफ्नो सोचाई थोरै मात्रै सकारात्मक बनाउनुभयो भने पनि धेरै समस्याको समाधान हुन्छ । विवाहपछि महिलाको जीवनमा धेरै कुराहरु फेरिन्छन् । नयाँ बन्ने सम्बन्ध मजबुत र मधुर त्यतिबेला बन्नेछ जब तपाईले सासुलाई आफ्नी आमाको जत्तिकै सम्मान र माया दिनुहुन्छ । 

३) भ्रम फैलिन नदिनुहोस 

नयाँ सम्बन्ध विकास हुने क्रममा कहिलेकाँही भ्रममा पनि पर्न सकिन्छ । तर समयमै यो भ्रम नहटाउँदा सम्बन्धमा विनाकारण तनाव बढ्न थाल्छ । गलत विचार र भ्रमका बारेमा सासु–बुहारी खुलेर छलफल गर्नुपर्छ । 

४) सम्बन्धलाई सम्मान गर्नुहोस

सासु–बुहारीको सम्बन्धलाई मजबुत बनाउन एक–अर्कालाई सम्मान गर्नुपर्छ । सासुसँग सल्लाह लिएर काम गर्दा सम्बन्ध अझै राम्रो हुन्छ । सासुलाई आफ्ना अनुभवहरु सेयर गर्ने वातावरण बनाइदिनुपर्छ । सासु घरकी अभिभावक हुने हुँदा उनको जीवनप्रतिको बुझाइ र भनाइलाई पनि ध्यान दिनुपर्छ । 

५) पर्खाल नबन्नुहोस् 

सासु–बुहारीबीचमा कहिलेकाँही खटपट हुनु स्वभाविक हो तर यसैलाई ठूलो विषय बनाएर आफ्ना छोराछोरीलाई हजुरबुवा–हजुरआमासँग जानबाट बञ्चित गर्नुहुँदैन् । बालबालिकालाई संस्कार सिकाउनमा परिवारका ज्येष्ठ सदस्यको ठूलो भूमिका हुन्छ । बच्चाहरु आफ्ना हजुरबा–आमासँग सुरक्षित पनि महसुस गर्छन् । यसकारण उनीहरुलाई रोक्नु हुँदैन ।