धनगढी । बैतडीमा नेपाली काँग्रेसका नेता हरि मोहन भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धनमा टिकट वितरणको विषयमा असन्तुष्ट रहेका नेता भण्डारीले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बैतडीको प्रदेश सभा क्षेत्र नं ‘क’ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।
टिकटको लागि सङ्घर्ष गरिरहेका नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका भण्डारीले टिकट नमिले पछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । २०७४सालको चुनावमा उनी बाम गठबन्धनका उम्मेदवार प्रेम प्रकाश भट्ट आदित्य सँग झिनो मतान्तरले पराजित भएका थिए ।
नेपाली काँग्रेसले प्रदेशसभा क्षेत्र नम्बर ‘क’ मा जिल्ला पार्टी उपसभापति वीर बहादुर विष्टलाई टिकट दिएको छ । भने प्रदेश सभा ‘ख’ मा पूर्व जिल्ला पार्टी सभापति शिव राज भट्टलाई टिकट दिएको छ ।