दार्चुलाको छाङ्गरु र तिंकरमा हिमपात, जनजीवन कष्टकर

दार्चुलाको छाङ्गरु र तिंकरमा हिमपात, जनजीवन कष्टकर

मौसम बदली सँगै भइरहेको निरन्तर वर्षापछि दार्चुलाको उत्तरी क्षेत्र व्यास गाउँपालिका–१ छाङ्गरु र तिंकरमा हिमपात सुरु भएको छ ।

छाङ्गरु र तिंकरका गाउँहरुमा शनिवार बिहानैदेखि हिउँ पर्न सुरु भएको त्यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मले जनाएको छ । गुल्मपती ईश्वर दत्त भट्टका अनुसार चीन सीमा नजिकको गाउँ तिंकरमा हिउँ जमेको तथा छाङ्गरु गाउँका डाडाकाँडामा हिमपात भएको हो ।

हिमपात भएपछि त्याहाको जनजीवन कष्टकर बनेको सशस्त्र प्रहरीले जनाएको छ । तिंकर र छाङ्गरुमा हिमपात भएपछि सदरमुकाम खलंगा लगायतका स्थानमा चिसो बढेको छ भने वर्षा निरन्तर भइरहेको छ ।