बैतडी - बैतडीमा आगलागी हुँदा एक जना घाइते भएका छन् भने घर जलेर नष्ट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ८ डणपूरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ भने वृद्धा घाइते भएकी हुन् ।
बिहीबार दिउँसो भान्साकोठाको चुलोमाथी सुकाउन राखेको दाउराबाट सल्किएको आगोले घर जलेर पूर्णरुपमा नष्ट भएको र आगलागीबाट ८४ वर्षीया बृद्धा जयमती साउँद घाइते भएकी प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार खाना बनाएर चुलोमाथी सुकाउन राखेको दाउराबाट आगो सल्किएको थियो । घाइते वृद्धाको पिठ्यू, अनुहार, हात र खुट्टाका भागहरु आगोले जलेका बताइएको छ । उनलाई उपचारका लागि धनगढी ल्याइने बताएको छ ।