दसैँको दिन दशा: धनगढीमा टायर पड्किएर गाडी अनियन्त्रित, विद्युतीय पोल ढाल्यो

दसैँको दिन दशा: धनगढीमा टायर पड्किएर गाडी अनियन्त्रित, विद्युतीय पोल ढाल्यो

धनगढी । दसैँको दिन दशा भने झैँ कैलालीको धनगढी बजारमा गाडी विद्युतीय पोल सँग ठोक्किँदा विद्युतका पोल ढालेको छ । 

धनगढी उप-महानगरपालिका वडा नं. १ स्थित एसपीए कलेज जाने बाटो अगाडी गोदावरी नगरपालिका वडा नं. १ कै ३५ वर्षीय हितेश ओझाले चलाएको बाग्मती प्रदेश ०१ ०२५ च २१६६ नम्बरको हाइलेक्स गाडी दुर्घटनामा परेको छ ।

जिल्ला ट्राफिक प्रहरीका अनुसार गाडी टायर पड्किएर अनियन्त्रित भई विद्युतका दुई ओटा पोलमा ठोक्किएको थियो । भने गाडीको अगाडिको भागमा क्षति भएको र विद्युतीय पोल ढल्दा विद्युत् सेवा अवरुद्ध भएको बताइएको छ।

उक्त गाडीमा एक जना चालक मात्रै सवार रहेको र उनी सुरक्षित रहेका छन् ।