दसैँमा शून्य धनगढी !

दसैँमा शून्य धनगढी !

धनगढी । यसपालिको दसैमा धनगढी शून्य/शान्त देखिएको छ । बजारमा चहलपहल नहुँदा र कुनै सवारी साधन समेत फ्याट्ट फुट्ट चल्दा धनगढी शून्य झैँ देखिएको हो । 

अरुदिन सडक सडक जाममा पर्ने, पैदल यात्रुलाई हिँडडुल गर्न ठाउँ नमिल्ने र पसलहरूमा किनमेल गर्नेहरू ले गर्दा भरिभराउ रहने धनगढी बजार क्षेत्र यस पटक भने फ्याट्ट फुट्ट बाहेक पसल पनि बन्द रहँदा सुनसान  देखिएको छ । 

अघिल्लो वर्षको दसैँको समयमा भन्दा पनि झन् सुनसान देखिएको यहाँका स्थानीयको अनुभव रहेको छ । 

यो मौनताले केही प्रश्न भने खडा गरेको छ । युवाहरू बिदेसिने क्रम बढेको हो ? चाड पर्व प्रति लगाव घटेको हो ? धनगढी बजार क्षेत्रमा धनगढीका स्थानीय भन्दा बाहिरका मन्छे बढी व्यापार व्यवसाय र अन्य सिलसिलामा यहाँ बसेका रहेछन् ? अथवा देश आर्थिक सङ्कट तिर धकेलिँदै गएर सबैले आफ्नो खर्चलाई घटाएर  दसैँ घर भित्रै मात्र सीमित गरी मनाएका हुन् ?

आज घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइने धार्मिक परम्परा रही आएको छ । 

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज दुर्गा भवानीको प्रसाद स्वरूप टीका, जमरा थापेर मनाइने पर्व दसैमा आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्ने धर्म विदहरुको भनाई रहेको छ ।