यसरी थाहा पाउनुहोस् प्रेमीकाको यौन चाहना

यसरी थाहा पाउनुहोस् प्रेमीकाको यौन चाहना

काडमाण्डौ : प्रेममा शारीरिक सम्बन्धले कति महत्व राख्छ ? यो आ–आफ्नो बुझाई र भोगाइमा निर्भर गर्ने कुरा हो । कतिले ठान्छन, प्रेम शुद्ध प्रेम मात्र हुनुपर्छ । कतिले यसलाई रोमान्सको रुपमा लिन्छन् । प्रेमी पनि  त कोही आदर्श हुन्छन, कोही विन्दास । कोही संवेदनसिल हुन्छन, कोही रोमान्टिक ।

हामी भन्छौं, प्रेममा शारीरिक वासनालाई त्यती महत्व दिनु राम्रो होइन । जब प्रेममा मन भन्दा बढी शरीर हावी हुन थाल्छ, केही न केही गडबड सुरु हुन्छ । तर, सबैको हकमा कहाँ यस्तो हुन्छ ?

हरेक प्रेम सम्बन्धमा स्नेह र प्रगाढता त हुनै पर्छ साथसाथै एकअर्कालाई बुझनु पनि जरुरी छ । प्रेमिकाद्वारा नयाँ कपडा पहिरिएर आएमा उनको प्रशंसा गर्नु, उनको सराहना गर्दै उनको हात चुम्ने जस्ता ससाना कुराहरु सम्बन्धमा मजबुतीको लागि धेरै जरुरी छ ।

प्रेमिकालाई तपार्इंले सेक्सको लागि मात्रै उनलाई चाहनुहुँदैन उनी प्रति तपाईंको लगाव सेक्स भन्दा धेरै महत्वपूर्ण छ भनेर यस्तै कुराहरुले बताउँछ ।

आजभोली प्रेमको तरिकामा मात्रै होइन यसको मान्यतामा पनि परिवर्तन आइरहेको छ । युवाअवस्थामा विपरितिलिंगी प्रतिको आकर्षणले युवायुवतीलाई एकअर्का बीचमा प्रेमको बन्धनमा बाँध्छ । र, विस्तारै भेटघाट, कुराकानी र एकअर्काप्रति समर्पित हुने सम्मको सम्बन्ध बन्छ ।

प्रेमसम्बन्ध चल्दै गर्दा अहिलेका युवायुवतीहरु एकान्त भेट्नसाथ यौन सम्बन्ध बनाउन डराउँदैनन् । यस्तोमा युवक सेक्सको लागि छिटो तयार हुन्छ र सेक्सको लागि तत्पर हुन्छ भने प्रेमीकाहरुको संकेत शारीरिक सुखमात्रै नभएरसबै पलहरुको रोमाञ्चकतालाई समेट्ने तर्फ हुन्छ ।

यस्तोमा प्रेमीले शारीरिक सम्बन्ध बनाइसके पछि आफ्नो प्रेम सकिएको सम्झिन्छ भने प्रेमीकाले शारीरिक सम्बन्ध कायम भइसकेपछि झनै दिलो ज्यानले एकअर्कालाई चाहने, मिठोमिठो कुरा गर्ने, छेडछाड र सेक्सपछि पनि प्रेमीको अंगालोमा बाँधिदा भाग्यमानी सम्झिने गर्छिन् ।

प्रेमीकाहरु भावनाहरुलाई प्रेमको अभिव्यक्ति सम्झिछन् साथै उनीहरु प्रेमीले आफ्नो यौन चाहनालाई आँफै बुझोस र मायालु व्यवहार गरोस भन्ने चाहन्छन् ।

धेरै युवतीहरुले उनीहरुको यौन चाहनाहरुलाई प्रेमीले आँफै बुझोस् भन्ने चाहन्छन् । नर्थवेस्टर्न युनिभर्सिटी इलिनोयसको सेक्सुअलिटी कार्यक्रमको थेरापिसस्ट पामेला श्राफ भन्छिन्, ‘धेरैजसो प्रेमीले आफ्नो प्रेमीकाको यौनचाहनालाई प्राथमिकता दिन चाहँदैनन् ।’

पामेलाले यस विषयमा अध्ययन गर्दा प्रेमीकाहरुको मनको कुरा थाहा पाइन् । उनलाई केही यस्ता सेक्स प्राथमिकता थाहा भयो जसलाई प्रेमीकाले आफ्नो प्रेमीसँग भन्न चाहन्थे तर भन्न सक्दैन थिए ।

युवतीहरु सेक्समात्रै होइन एक रोमान्टिक माहौल चाहन्छन

युवतीहरुलाई आनन्ददायक सेक्स लाइफको लागि यौनसम्पर्क मात्रै होइन आफ्नो प्रेमीको साथमा बिताएको हरेक क्षणमा रोमान्टिक पलहरु र मायालु व्यवहारको पनि आवश्यकता हुन्छ ।

युवतीहरुलाई आफ्नो प्रेमीले बाहिर भेट्दा पढाई, करियरको मात्रै कुरा गरेको र फेरि एकान्तमा भेट्नसाथ सेक्सको चाहना गरेको कहिल्यै पनि मनपर्दैन ।

यदि प्रेमीले यस्तो मात्रै गर्छ भने युवतीहरुको मनमा आँफू उनीहरुको यौन इच्छा पुरा गर्ने एक खेलौनामात्रै भएको जस्तो भावना आउँछ । यस्तोमा उनीहरु आफ्नो प्रेमीलाई धेरै स्वार्थी र आँफैलाई भोगको वस्तु सम्झिन थाल्छिन् ।

हरेक प्रेमीकाले आफ्नो प्रेमीले केवल सेक्सको लागि मात्रै हाइन बरु मनैदेखि धेरै माया गरोस् भन्ने चाहन्छन् । आफूलाई धेरै ध्यान देओस् भन्ने चाहन्छन् त्यसैले उनी सँग आफ्ना कुराहरु सेयर गर्नुहोस, प्रेमपूर्वक कुराहरु गर्नुहोस् र उसको भावनाहरुलाई बुझ्ने कोसिस गर्नुहोस् ।

समाजशास्त्रीहरुका अनुसार युवतीहरुले आफ्नो जिन्दगीको हरेक पललाई एकआपसमा जोडेर हेर्छन् । तर, युवकले तनाव र झगडालाई सेक्सको समयमा छुट्टै राखिदिन चाहन्छन् । युवकहरु अन्य समस्यालाई सेक्ससँग जोड्न चाँहदैनन् ।

खासमा अफेक्सनको कारणले सेक्स सुखद हुन्छ । मानसिक रुपमा आफ्नोपन, प्रेम र नजिक भएपछि मात्रै सेक्स सम्बन्ध सहि अर्थमा उत्तेजनापूर्ण हुन्छ ।

प्रेमीले समयसमयमा सानोसानो उपहारहरु दिने, बाहिर कफी पिउन जाने, लञ्चडिनर गराउन लैजाने, सिनेमा हेर्न लैजाने गरेमा प्रेमीले आफूलाई महत्व दिन्छ भन्ने प्रेमीकाले बुझ्छिन् । यस्तो भएमा प्रेमीका पनि सेक्सको समयमा पूरै समर्पित हुन्छिन् । यस्तोमा सेक्सको मजा पनि कैयौं गुणा धेरै हुन्छ ।

प्रेमिकामा पनि पूर्ण समर्पणको चाहना

अध्ययनहरुबाट ६० प्रतिशत प्रेमीकाले मात्रै जति पटक आफ्नो प्रेमीसँग सम्भोग गरेका छन् त्यसमा कम्तीमा पनि आधापटक मात्रै चरम आनन्दको अनुभव गर्ने तथ्य प्राप्त भएको छ । तर, उनीहरुलाई प्रेमीको खुसीको लागि सेक्सको क्रममा चरमआनन्द प्राप्त गरेको जस्तो देखाउन पर्छ ।

कैयौं पटक त उनीहरुको मनमा आफूमै केही कमी भएको त छैन भन्ने अपराधवोध हुन्छ । युवतीहरुमा आफ्नो अंगको बनावट, आकार र सरसफाइलाई लिएर तुलनात्मक रुपमा हिनताको भावना हुन्छ । यसैले उनीहरु अँधेरोमा मात्रै निवस्त्र हुन चाहछन् ।

युवतीहरुले आफ्नो प्रेमीले आफ्नो अंग र सौन्दर्यको प्रशंसाको गरोस भन्ने अपेक्षा राख्छन । तर उल्टै कैयौं युवकहरुले आफ्नो प्रेमीकालाई मोटी, काली, लुरी जस्ता सम्बोधनहरु गर्छन् । यस्तोमा प्रेमीकाहरुको चित्त दुख्न सक्छ ।

यस्ता अवस्थामा प्रेमीकाहरुले आफ्नो प्रेमीसँग यौन सम्बन्ध राख्न खोज्दैनन् । यदि यस्तो भएका उनीहरुको यौन जीवन नीरस र आनन्दविहिन हुन्छ ।

झुठो प्रशंसाको आवश्यकता छैन

प्रेमीले प्रेमीकाको छालाको कोमलता, आँखाको सुन्दरता, ओठ, लामो कपाल, वक्ष, नितम्ब आदीको सुन्दरता र सेक्सुअल्ली अट्रयाक्सनको प्रशंसा गरेर प्रेमीकाको आत्मविश्वास बढाउने काम गर्नुपर्छ ।

दुवैजना बीचमा हसिँमजाक गर्ने गरेमा प्रेमीकाले सेक्समा पूर्ण समर्पण गर्दै सहयोग गर्छिन् । तर, प्रेमीले धेरै झूठो प्रशंसा गर्न थाल्यो भने पनि प्रेमीकाहरुले मन पराउँदैनन् ।

सेक्सपछि पनि ध्यान दिनुपर्छ

धेरै युवाहरु यस्ता जंगली हुन्छन् कि प्रेमिकालाई एकान्तमा पाउनासाथै सेक्स गर्न खोज्छन् । अनि सेक्स गर्दा चरममा पुगेर स्खलित हुनासाथै अर्कोपट्टी फर्केर प्रेमीकालाई वास्ता गर्दैनन् । मानौं अब प्रेमीकासँग कुनै पनि मतलब छैन, उनीहरुलाई मतलब त मात्रै सेक्सको थियो ।

यस्तोमा प्रेमिकाले आफैलाई एकदम एक्ली, उपेक्षित र युज एण्ड थ्रो गरिने वस्तु सम्झिन्छिन् । उनीहरुलाई लाग्छ प्रेमीको अन्तिम उद्देश्य नै सेक्स मात्रै थियो । युवतीहरुले सेक्स र स्खलन पछि पनि प्रेमीले उसलाई चुमोस, उसको अंगलाई चलाओस् भन्ने चाहन्छन् ।

यौनसम्पर्क पछि बिदा हुने बेलामा पनि प्रेमीले आफूलाई अंगालो मारेर गालामा चुमोस अनिमात्रै छोडेर आओस् भन्ने लाग्छ । यसले प्रेमीकालाई आत्मसन्तृष्टि महसुस हुन्छ ।

नन सेक्सुअल टच

युवतीहरुलाई बाहिर भेट्दा एकपटक पनि नछुने प्रेमीले एकान्तमा भेट्नासाथै फोरप्लेको लागि अगाडि बढको कत्तिपनि मनपर्दैन । युवतीहरु प्रेमीले उनलाई बाहिर भेट्दा पनि यौन उत्तेजना नबढाउने तरिकाले उसलाई छुने, चुम्बन गर्ने गरोस भन्ने चाहन्छन् ।

उनीहरु छेडछाड हाँसीमजाक र आफ्नोपन देखाउनको लागि छोउन् भन्ने चाहन्छन् । त्यसैले कहिले उनीहरुको कपाल चलाउनुहोस्, उनीहरुको गालालाई चुम्नुहासस्, ओठलाई चुम्नुहोस, हातमा हात राख्नुहोस् ।

सम्बन्धमा मजबुतीको लागि यो कुरा धेरै जरुरी छ । प्रेमीकालाई तपाईंले उनलाई सेक्सको लागि मात्रै चाहनुहुन्न भन्ने बताउनको लागि यस्तो आवश्यक पर्छ ।

उत्तेजनाको लागि रोमान्टिक कुराहरु जरुरी छ

एकान्त पाउनासाथै प्रेमीकालाई सेक्सको लागि कर गर्ने र पुरै उत्तेजित नै नभइ सेक्स गरेको प्रेमीकाहरुलाई मन पर्दैन । यसबाट युवले त यौनसन्तुष्टि प्राप्त गर्लान तर युवतीहरु सन्तुष्ट हुँदैनन् ।

युवतीहरुले आफ्नो प्रेमीबाट एकान्तको समयमा मिठो छेडछाड, रोमान्टिक कुराहरु र काउकुती लाग्ने सेक्सी किस्साहरु सुन्ने मन गर्छन् जसले उनीहरुको मनभित्रै चस्का देओस् । यसले सेक्सको लागि विस्तारै उनीहरुको मुड बनाउने काम गर्छ ।

यौनसम्पर्कको क्रममा प्रेमिकाको प्रशंसा गर्ने, उनीसँग प्रेम व्यक्त गर्ने र उनीहरुको नाम लिने, तातो सास लिने गर्नाले प्रेमिकालाई उत्तेजना प्रदान गर्छ । –अनलाईन खवरबाट साभार