दशैँका लागि घर जानेको संख्या बढेसँगै काठमाडौं उपत्यका सुनसान बन्दै

दशैँका लागि घर जानेको संख्या बढेसँगै काठमाडौं उपत्यका सुनसान बन्दै

दशैँका लागि घर जानेको संख्या बढेसँगै काठमाडौं उपत्यका सुनसान बन्दै
  
काठमाडौं । दशैँका लागि गाउँघर जानेको सङ्ख्या बढेसँगै काठमाण्डौ उपत्यकाका सडकमा गाडीको सङ्ख्या कम भएको छ । उपत्यकामा हिजोदेखि नै गाडीको चाप कम छ ।

हिजोको भन्दा आज र भोलि झन् गाडी कम चल्नेछन् । यसले गर्दा सडक खालीखाली जस्तै हुन थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक खाली हुँदा धेरैले तीव्र गतिमा गाडी चलाउने गरेको भन्दै त्यसो नगर्न आग्रह गरेको छ । तीव्र गतिमा गाडी कुदाउँदा दुर्घटनाको जोखिम धेरै हुन्छ ।

दुर्घटना रोकथामका लागि भन्दै प्रहरीले काठमाण्डौ उपत्यकाका ठाउँठाउँमा राडार गनसहित सुरक्षा जाँचलाई बढाएको छ । हिजो एकैदिन तीव्र गतिमा गाडी चलाउने १ सय ४५ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

कारबाहीमा परेकाले ५ सय रुपैयाँदेखि एक हजार ५ सय रुपैयाँसम्म जरिबाना तिर्नुपर्नेछ । तीव्र गतिमा गाडी चलाउने विरुद्ध अहिले कारबाही अभियान भइरहेको छ ।