धनगढीमा ‘एक्सपर्ट मिस फारवेष्ट नेपाल’ प्रतियोगिता हुने

धनगढीमा ‘एक्सपर्ट मिस फारवेष्ट नेपाल’ प्रतियोगिता हुने

धनगढी : कैलालीको धनगढीमा ‘एक्सपर्ट मिस फारवेष्ट नेपाल’ प्रतियोगिता आयोजना हुने भएको छ । 

सुदूरपश्चिमको कला, संस्कृति, पर्यटन, भेषभूषाको प्रवद्र्धन गर्ने उद्देश्यले रोयल कोल्याब्रेटिभ्स् प्रालि मिस फारवेष्ट प्रतियोगिताको आयोजना गर्न लागेको हो । 

रोयल कोल्याब्रेटिभ्स् प्रालि बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मिस फारवेष्ट प्रतियोगिताबारे जानकारी दिएको छ । 

रोयल कोल्याब्रेटिभ्स् प्रालिका कार्यक्रम संयोजक देवेन्द्र जोशीका अनुसार प्रतियोगितामा १६ देखि २५ वर्षसम्मकाले मात्रै सहभागिता जनाउन पाउने छन । 

असोज २० गते हुने प्रतियोगिताका लागि भदौं ७ देखि १० गतेसम्म कैलालीको टीकापुर, अत्तरिया, धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा ‘अडिशन’ गर्ने जोशीले जानकारी दिए । 

प्रतियोगितामा सहभागी भएकालाई भदौं २० देखि असोज १९ गतेसम्म एक महिनाको तालिम समेत प्रदान गरिने जोशीले पत्रकार सम्मेलनमा बताए ।