अमेरिकी सहायकमन्त्री एलिजाबेथ नेपाल आउँदै

अमेरिकी सहायकमन्त्री एलिजाबेथ नेपाल आउँदै

 


एजेन्सी / अमेरिकाको को विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो आज नेपाल आउँदैछिन्।

उनी नेपालसहित युएई, उज्वेकिस्तान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणमा रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

नेपालमा उनले सीमान्त समूहका अभियन्ता, सञ्चारमाध्यम तथा विगतमा भएका आदनप्रदान कार्यक्रमका पूर्व सहभागीसँग राउन्टेबल छलफलमा सहभागी हुने कार्यक्रम छ। 

उनले गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका विषयमा आयोजित अन्तर्क्रियामा सहभागिता जनाउनेछिन्।

त्यसबाहेक उनले सांस्कृतिक संरक्षणसमबन्धी राजदूतको कोष (एम्बास्डर्स फन्ड फर कल्चरल प्रिजर्भेसन) को पनि स्थलगत भ्रमणमा जाने पनि कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।


उनले अफगानिस्तानमा जारी अमेरिकी सहयोग, सामाजिक न्याय, प्रेस स्वतन्त्रता तथा जलवायु परिवर्तनका विषयमा पनि छलफल गर्ने कार्यक्रम छ । सार्वजनिक सरोकारका सबै व्यक्तिसँग उनले भेटवार्ता गर्ने कार्यक्रम छ ।