बाबुराम भट्टराई विरुद्ध स्वतन्त्र पार्टीबाट कविन्द्र लड्ने

बाबुराम भट्टराई विरुद्ध स्वतन्त्र पार्टीबाट कविन्द्र लड्ने

बाबुराम भट्टराई विरुद्ध स्वतन्त्र पार्टीबाट कविन्द्र लड्ने
काठमाडौं । पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई विरुद्धमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रतिष्पर्धा गर्नुहुने भएको छ । गोरखाको पालुंटार–९ निवासी वुर्लाकोटीले गोरखाको क्षेत्र नं। २ बाट उम्मेदवारी दिनुहुने भएको हो ।

विगतमा लामो समय युवा नेतृत्व विकास, युवा सहभागिताको अभियान, नीति वकालत, सुशासन, भ्रष्ट्राचार विरुद्धको अभियान र नागरिक आन्दोलनका माध्यमबाट नेपाली समाजको समग्र पक्षलाई नजिकबाट नियालेकाले आफूले डा भट्टराईले भन्दा राम्रो काम गर्न सक्ने उहाँको दावी छ ।

उम्मेदवारी घोषणा गर्दै उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, “नेपाली समाजको लोकतान्त्रीकरण, न्याय र समानताका खातिर नेपाली जनताले गरेका तमाम राजनीतिक एवं सामाजिक आन्दोलनहरूलाई सम्मान गर्दै भ्रष्टाचार, बेथिति, नातावाद, कृपावाद र राजनीतिक वंशवादका विरुद्ध मैले आगामी मंसिर ४ गते हुनगइरहेको प्रतिनिधिसभा निर्वाचनमा गोर्खा क्षेत्र न २ मा आफ्नो उमेदवारी पेश गरेको छु ।”

मूलधारका भनिएका राजनीतिक पार्टीहरू र तीनका शीर्ष नेतृत्वको अकर्मण्यता र जनमतप्रतिको बेइमानीकै कारणले मुलुकले अहिलेको अवस्था भोगिरहेकाले शीर्ष नेताकै विरुद्धमा उम्मेदवारी दिन लागेको उहाँको भनाई छ ।

आफ्नो अहिलेको उम्मेदवारी केवल चुनावी प्रतिस्पर्धा मात्र नभई विगत लामो समयदेखि नेपाली राजनीतिमा मौलाएको बेथिति र जनभावना विरुद्धको अराजनीतिक गतिविधिमाथिको विद्रोह पनि भएको उहाँले उल्लेख गर्नु भएको छ ।