धनगढी उपमहानगरपालीका १७ मा विद्युत छैनः स्थानीय भन्छन् नेताले आश्वासनमात्र बाढ्यो

धनगढी उपमहानगरपालीका १७ मा विद्युत छैनः स्थानीय भन्छन् नेताले आश्वासनमात्र बाढ्यो

धनगढीः कैलालीको धनगढी उपमहानगरपालीका प्रदेश ७ को एक मात्र उपमहानगरपालीका हो। तर यो उपमहानगरपालीका भित्र सबै ठाउँमा विद्युतको पहुँच पुग्न सकेको छैन्।

धनगढी उपमहानगरपाली १७ डमौलीयामा विद्युतका पोल र तार तानेको ढाई बर्ष पुगेको छ। तर हालसम्म पनि बत्ति बाल्न नपाएपछि यहाँका बासिन्दा निरास छन्। स्थानीय फलिराम चौधरी ढाई बर्ष अघि विद्युतका पोल र तार तारिहदाँ बत्ति बाल्ने आसामा खुसी भएको सुनाउ छन्। हालसम्म गाउँमा बत्ति नहुदाँ उनलाइ दुख लागेको छ।

उनले बत्ती बाल्नकै लागि गाउँबाट प्रति परिवार एक हजार रुपैया उठाएको समेत सुनाए। उनले भने, ‘ढाई वर्ष अघि हामीले विद्युतको लागि भनेर प्रति परिवार एक हजार उठाएका थियौ। तर अहिले सम्म बत्ति बाल्न पाएका छैनौँ।’

यो समस्यालाई निर्वाचनको बेला नेताहरुले आफनो मुद्धा समेत बनाए। नेताहरुले आफु निर्वाचित भए गाउँमा बत्ति बाल्ने आश्वासन समेत दिएका थिए। स्थानीय फलिरामले भने, ‘निर्वाचनको समयमा नेताहरुले बत्ति बाल्ने आश्वासन दिए। निर्वाचन सकियो। आश्वासन हरायो। हामी अध्यारोमै बस्न बाध्य छौ।’

उपमहानगरपालीका १७ मा करिब चार सय घर धुरी छन। उज्यालो बाल्नैकोलागि भनेर उनिहरुले प्रति परिवारबाट एकहजार रुपैयाँ उठाएका थिए। विद्युत आए रातीको समयमा समेत घरायसीकाम गर्न सहज हुने उपेक्षा उनीहरुको थियो।

स्थानीय माया चौधरी भन्छिन्, ‘बत्ति आउछ भनेको सुनेर खुसि थियौँ। अहिलेसम्म आएको छैन।’ बिद्युतको पोल र तार तानेको लामो समय सम्म बत्ति नआउद कस्तो लाग्छ भनेर सोध्दा उनले भनिन् ‘बुहत दुख लाग्छ सर। रातीको समयमा काम गर्न दुख हुन्छ। टर्च लिएर काम गर्छौ।’

सावीकको उर्मा गाविसमा पर्ने डमौलीया अहिले धनगढी उपमहानगरपाली भित्र पर्छ। उपमहानगरपालीका भएपछि धेरै सुविधा पाइने कुरा डमौलीयाकी अन्जना चौधरीले सुनेकी छन्। तर आफ्नो गाउँमा अझै बत्ति बाल्न नपाएकोले दुःख लागेके उनी बताउछिन्।

‘उपमहानगरपालीका भयो भने सबै सुविधा पाईन छ भन्थे’ उनले भनिन्, ‘यहाँ त अहिले केही विकास भएको छैन। पहिले गाविस हुदाँ जति विकास थियो त्यती हो।’

यो ठाउँमा कहिले विद्युतको लाइने विस्तार भयो? अहिलेसम्म बिद्युतलाई किन छोडिएन? भन्ने विषयमा नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र शाखा प्रमुख धिरेनद्रकुमार यादब जानकार छैनन्।

उनी यहाँ नया सुरुवा भएर आएको हुदाँ यो विषयमा त्यती जानकारी नभएको बताउँ छन्। उनले आफु आएपछि सो ठाउँको विद्युत लाईनको मर्मत कार्य गरेको बताए। अब छिटै यहाँ विद्युत लाईन छोडिने उनले बताए।

‘त्यहाँ विद्युतका पोलहरु ढलेका, तार चुडिएको आवस्था थियो। हामीले भरखर मर्मत कार्या सक्काएका छौँ। उहाँहरुले मिटर लिन आउनु प¥यो। अनी विद्युत छोडिन्छ।’ धनगढी वितरण केन्द्रका प्रमुख यावदले भने।

१७ वडा धनगडी उपमहानगरपालीकोको सबै भन्दा विकट वडा हो। धनगढी बजार आउन दुई वटा नदि तनु पर्छ। धनगढी उपमाहानगरपालिका बाट टाढा रहेकोले पनि यहाँ विद्युत प्रसारण नभएको उनले बताए।

यसका असपासका क्षेत्रहरुमा सहकारी संस्थाले विद्युत प्रसारणको जिम्मा लिएका छन्। डमौलियाका स्थानीयबासीले समेत सहकारी मार्फत आए सहज हुने उनको भनाई छ।