देशभर थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

देशभर थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधीमा थप १ सय ३७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार थप ३ हजार २ सय ६२ नमुना परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो।

काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ३१, ललितपुरमा ४ र भक्तपुरमा ३ जना गरी उपत्यकामा ३८ जना संक्रमित थपिएका छन्।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ५ रहेको छ। जसमध्ये होमआइसोलेसनमा १ हजार ३ सय ६२ र संस्थागत आइसोलेसनमा ४३ जना रहेका छन्।