बैतडी समाज कैलाली को बृहत् स्वस्थ्य शिविर बैतडी को पाटन सुरु

बैतडी समाज कैलाली को बृहत् स्वस्थ्य शिविर बैतडी को पाटन सुरु

बैतडी समाज कैलाली को बृहत् स्वस्थ्य शिबिर बैतडी को पाटन प्राथमिक स्वस्थ्य केन्द्रमा सुरु भएको छ । शिविर को उदघाटन गर्दै सान्सद भण्डारीले बैतडी समाजले स्वस्थ्य सेवाबाट बन्चित भएका जनता लाई सेवा दिन आयोजना गरेको शिबिरको स्वागत गर्दै शिबिर सफलताको शुभकामना दिनुभयो ।  

यस्ता सामाजिक काम मा बैतडी समाज कैलाली लागेकोले यस्ता काम मा सबैको सहयोगको आओस्यक्ता रहेको बताउनुभयो । यस्ता सामाजिक कार्य मा संघिय सरकार तथा प्रदेश सरकार बाट हुने सहयोग का लागि पहल गर्ने उहाँले  आश्वासन दिनुभयो ।

उद्घाटन कर्यकरम मा बोल्दै पाटन नगरपालिका का मेयर केशब बहादुर चन्दले  आफ्नो नगरमा स्वस्थ्य शिबिर आयोजना गरेको भन्दै समाजलार्इृ धन्यबाद दिनुभयो । बैतडी समाजका यस्ता कर्यकरमलाई निरन्तरता दिन उहाँले आग्रह गर्नुभयो ।

बैतडी समाज कैलाली का अध्यक्ष माया प्रकाश भट्टले समाजको बार्षिक कार्यक्रम अन्तरगत पहिलो बर्स कैलालीमा दुई पटक रक्तदान र अाँखा शिबिर आयोजना गरेको र बार्षिक कार्यकारम आन्तरगत यो शिबिर आयोजना गरेको बताउनुभयो । बैतडी समाज समाज सेवाकै लागि गठन भएको बताउदै उनले आगामी दिन मा पनि यस्ता कार्यकरम लाई निरन्तरता दिने बताउनुभयो ।

बैतडी समाज कैलाली को बृहत स्वास्थ्य शिबिरमा करिब १२ लाख बरबरको औषधि बितरण गरिनेछ । आज बाट सुरु भएको शिबिर २३ गतेसम्म सञ्चालन हुने छ । शिविरमा विशेषज्ञ डाक्टरको सहभागिता रहने भएको छ । जनरल फिजिसियन डा। चेत राज भट्ट, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा.नबहादुर मौनी, स्त्रीरोग बिशेषज्ञ डा. रबिन्द्र भट्ट, बालरोग विशेषज्ञ डा. सुमन नेपाल धनगढीबाटै पाटन जाने शिबिरका संयोजक चन्दले बताउनुभयो  ।

दन्तरोग बिशेषज्ञ हिमाल डेन्टल अस्पतालको डडेल्धुरा शाखाबाट र नेत्र रोग बिशेषज्ञ गेटा आखाँ अस्पतालको पाटन शाखाबाटै शिबिरमा सहभागी हुने छन् । शिबिरमा उपचारका लागि आउने बिरामीहरुलाई निशुल्क औषधी बितरण गरिने र आवश्यक प्रयोगशाला परीक्षण पनि गरिने शिबिर आयोजक बैतडी समाजले जानकारी दिएको छ ।