विगत ३ बर्षदेखि प्लाष्टीक खोस्टा बटुल्दै शुरू हुन्छ लाेक बहादुरकाे दैनिकी

विगत ३ बर्षदेखि प्लाष्टीक खोस्टा बटुल्दै शुरू हुन्छ लाेक बहादुरकाे दैनिकी

धनगढी । बिहान पख झिसमिसे उज्यालोमा घर बाट बाहिर निस्कनछन धनगढीका लोक बहादुर खड्का । प्रत्येक  दिन झै आज पनि उही समयमा हसनपुरमा देखिए ।

उनको दुबै हातमा सेतो कलरको गल्पस थियो । साथमा प्लाष्टीका खोस्टाले उनका दुबै हात भरीएका थिए । उनको नजिकै फोहर फाल्ने ठाउँ पनि छ । उनले हात भरीको फोहर लगेर त्यही फाले । 
कैलालीको धनगढी उपमहानगरपालिका ५ भैरव टोलमा बस्छन लोक बहादुर ।

विगत ३ बर्षदेखि हरेक बिहानको सुरुवात नै उनको टोलहरुको सडक नाली सफा गर्नु उनको दिनचार्य नै भएको बताउँछन । 
“आफ्नो टोल आफै सफा सुन्दर बनाऔ” भन्ने मुल नारा आत्मासाथ गर्दै सधैं झैं आज पनि सरसफाईमा जुटेको बताउछन् । टोल सरसफाइमा एक्लै जुटेका उनी सरसफाइ गर्नमा आफ्नो व्यतिगत स्वार्थ नरहेको  समेत बताए लोक बहादुरले । तर मैले गरेको कामले मलाई मेरो टोलबासीहरुले  र धनगढी  उपमहानगरपालिकाले सम्मान गरेको भए हुन्थ्यो भन्ने चाहना छ लोक बहादुरको ।

पेशाले त लोक बहादुर  मिल व्यावसायी पनि हुन । उनले धान कुट्ने,चामल,गहुँ,कोदो, मकै जहुँ जस्ता अनाज (अन्न) पिस्ने मिल सञ्चालन गर्छन लोकबहादुर । अहिले जतातेतै प्लास्टीकले अस्तव्स्त बजार भरी टोल बजार शहर,गाउँघर छ लोक बहादुरलाई देख्ने बितिकै घिन लाग्छ र उनि बाटोमा फालिएका प्लाष्टीकका टुक्रा देख्यो कि टिपिहाल्छन । त्यसैले हरेक बिहान झिस्मीसेमै सरसफाईमा निस्कन्छ अनि लोक बहादुर । प्रत्येक दिन लोक बहादुर टोल सरसफाई गरी सके पछि माचै उनि आफ्नो व्यावसायमा जान थाल्छन ।
 
सुरुवातका दिनहरुमा सरसफाइ थालनी गर्दा अन्य टोलका स्थानियहरुले आफूलाई मानसिक रोगीको संज्ञा दिएको सम्झन्छन लोक बहादुर । तर पछि तिनै साथीभाइले सरसफाईका लागि गल्पस सहयोग गरे । अहिले अहिले लोक बहादुर लाई वडा कार्यलयले पनि पञ्जा सहयोग गर्दै आएको छ । नगरपालिकाले ठाउँठाउँमा डष्टविन राखिदिए फोहर व्यवस्थापनकामा सहज हुने बताउछन् लोक बहादुर ।

लोक बहादुरले भैरवटोल लगायत वडा नं ५ को विभिन्न ७ वटा टोलको सडक दैनिक सरसफाई गर्दै आएका छन् । लोक बहादुर जस्तै आ आफ्नो क्षेत्रमा हामी सबैले सरसफाई गर्नै र आफूले गरेको फोहर आफैले व्यवस्थापन गरेयो भने साँचिकै हामीले कल्पना गरेको सुन्दर स्वच्छ नगर यथार्थमा बनाउन सफल हुनेछौ ।