सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सँग खुल्ला बहस कार्यक्रमको आयोजना गरिने भएको छ । नेपाल ब्रोडकाष्टिङ च्यानल प्रा.लि द्वारा सञ्चालित न्युज २४ टेलिभिजनले यही असोज ६ गते सिधाकुरा मुख्यमन्त्री सँग नामक खुल्ला बहस कार्यक्रम सञ्चालन गर्ने जनाएको हो ।
टेलिभिजनले बिहीबार धनगढीमा कार्यक्रम सञ्चालन गर्ने छ । भने त्यसपछि देशका सातै प्रदेशमा कार्यक्रम गरिने जानकारी दिएको छ । देश संघियतामा गएसँगै प्रदेश सरकारको काम कर्तव्य र उपलब्धिका सवालमा जनस्तरबाटै निराशा र आलोचना बढेको छ ।
कार्यक्रमले प्रदेश सरकारको समीक्षा, गएको पाँच वर्षमा भएको उपलब्धि, पहिलो कार्यकालमा देखिएका समस्या र समाधानको उपाय खोज्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा मुख्यमन्त्री भट्ट प्रमुख अतिथि रहने छन् भने अन्य सरोकारवालाहरूलाई समेत आमन्त्रण गरिएको छ । यस्तै कार्यक्रम धनगढी पुरानो महोत्सव स्थलमा बिहान ८ बजे देखी सुरु हुने जनाइएको छ ।