दशैं अघि खाद्यको चामल नआउने

दशैं अघि खाद्यको चामल नआउने

बैतडी / बैतडीमा  खाद्य बिक्री केन्द्रमा खाद्य व्यवस्था कम्पनिले दशैअघि चामल नपठाउने भएको छ । कम्पनिले चारवटा खाद्य केन्द्र  सदरमुकामको गोठालापानी, मेलौली नगरपालिका, पुरचौडी नगरपालिकाको हाट र पञ्चेश्वर गाउँपालिकाको कुलाउका लागि आउने चार हजार पाँच सय क्विन्टल चामल नपठाउने भएको हो । 

चामल ढुवानीका लागि बोलपत्र आह्वान गर्दा टेन्डर नपरेकोले चामल पठाउन नसकिने  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख इन्दिरा बस्नेतले बताइन । 

बैतडीको गोठालापानी बिक्री केन्द्रका लागि पाँच सय क्विन्टल, मेलौली बिक्री केन्द्रका लागि एक हजार क्विन्टल, कुलाउ बिक्री केन्द्रका लागि दुई हजार क्विन्टल र पुरचौडी नगरपालिकाको हाट बिक्री केन्द्रका लागि एक हजार क्विन्टल चामल धनगढी गोदाममा रहेको उनले बताइन् । ढुवानीको टेन्डर नपरेका कारण दशैँअघि बैतडीका लागि चामल आउने सम्भावना नरहेको बस्नेतले बताइन् ।

सुदूरपश्चिमका दार्चुला, अछाम, बझाङ, बाजुरा र डोटीका लागि भने टेन्डर परेका कारण चामल ढुवानी भइरहेको खाद्य कम्पनीले जनाएको छ ।