चैत्र २१ गते देखि सुरु हुने शिविर २३ गते सम्म सञ्चालन हुने बृहत स्वास्थ्य शिबिरको तयारी पुरा भएको छ ।बैतडीमा स्थानीयको स्वास्थ्यमा देखिएका बिभिन्न समस्याबारे जानकारी पाएपछि स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको बैतडी समाज कैलालीका उपाध्यक्ष तथा स्वास्थ्य शिविरका संयोजक गजेन्द्रवीर चन्दले बताए ।
शिबिर संयोजक चन्दसहितको एक टोली तयारीका लागि चैत १७ गते शिबिर स्थलमा गइसकेका छन् ।आज धनगढीबाट गएको बैतडी समाज कैलाली को टोलिलाई बैतडी को खोड्पे मा स्वागत गरिएको छ ।