आमाको हत्या अभियोगमा छोरा पक्राउ

आमाको हत्या अभियोगमा छोरा पक्राउ

धनुषामा आफ्नै आमाको हत्या अभियोगमा छोरा पक्राउ परेका छन्। 
जिल्लाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। 
मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय (सबैला) बाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।